११ अगस्त २०१५
कोरिया
स्व. सुदिप राउतको श्रध्दान्जली सभामा उपस्थित भइदिन हुन सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध:-
गत हप्ता सुक्रबार राति दक्षिण कोरिया खेंग्गीदो ख्वाङ्ग्जु स्थित फर्निचर कम्पनीमा संगै काम गर्ने सहकर्मी पशुराम राई द्वारा राति सुतिरहेको अबस्थामा काठको चिर्पटले टाउकोमा हिर्काएर हत्या गरिएका काभ्रे शंखु निवाशी स्व. सुदिप राउतको निम्न स्थान, मिति र समयमा श्रध्दान्जली सभा (श्रध्दा सुमन ) अर्पण कार्यक्रम रहेको हुँदा निम्ति कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायको संघ संस्था, ब्यबसायी, बिद्यार्थी , पत्रकार, रोजगारीको शिलसिलामा कोरियामा बिभिन्न पेशामा आबद्द सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिको निम्ति हार्दिक अनुरोध गरिएको छ!
काभ्रे सम्पर्क समितिको संयोजकत्वमा कोरिया स्थित सकृय संघ संस्थाहरु द्वारा संयुक्त रुपमा
यस श्रदान्जली सभा कार्यक्रम हुन गइरहेको संयोजक तथा काभ्रे सम्पर्क समितिका अध्यक्ष गणेश तिमल्सिनाले बताउनु भएको छ !
परिवारको खुशीको निम्ति बाध्यतात्मक रहर र सपनाहरु बुन्दै कोरिया प्रवेश भएको दुइ साता बित्न नपाउदै निर्दोष ब्यक्तिले सुतेकै अबस्थामा एक अपराधि ज्यानमारा द्वारा आफ्नो ज्यान गुमाउनु पर्यो ! अनि परिवारको खुसी र सपना शिसा झैँ टुताएर क्षेणभरमै तहसनहस बनाइदियो नरभक्षी पापी राक्षसले! आफ्नो भबिष्य त अन्धकारमा डुबायो डुबायो अरुको परिवारको जिन्दगीनै तहसनहस बनाइदियो ! निज हत्यारालाई कोरियाको पुलिसले पक्रेर जेल चलान गरि कानुनी कारबाही अघि बढाइरहेको छ!
स्व. राउतको पार्थिब शरिर हिजो थाई ऐरलाइन्स द्वारा नेपालमा पठाएर आज परिवार र आफन्तले शव बुझी अन्तिम दाहसंस्कार गरिएको छ!
कार्यक्रम: आयोजक:
स्थान नेपाल हाउस काभ्रे सम्पर्क समितितोंदेमुन, सौल तथा
मिति:2015/08/16 नेपाली समुदाय संघ संस्था
समय: बिहान 11 बजे

No comments:
Post a Comment