Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, August 11, 2015

फेन्थेक नेपालीहरु द्वारा सामुद्रिक पिकनिक भ्रमण सम्पन्न [फोटो फिचर ]

कृष्ण पुरी ,फेन्थेक 

११ अगस्त  २०१५
दक्षिण कोरिया l
फेन्तेक माइग्रेन्ट सेन्टर र फेन्तेक माइग्रेन्ट नेपाली समितीको सहकार्यमा बिगतका वर्ष हरूमा जस्तै यो वर्ष पनि गत  आइतबार  १ दिने  आनम्यँदो   छंफोदे आइलेंडमा सामुद्रिक पिकनिक भ्रमण कार्यक्रम निकै हर्षोल्लासका साथ सम्पन्न भएको  छ l कोरियाको फेन्थेक, फारान, छनान   लगाएत अन्य टाढा टाढा  क्षेत्र  बाट पनि उल्लेख्य नेपालीहरुको सहभागिता रहेको सो भ्रमणमा झन्डै डेड सय नेपालीहरु र अन्य देशहरुमा   म्यान्मार , फिलिपिन ,भियतनाम ,कम्बोडिया जापान, कोरिया ,चिन,श्रीलंका लगाएत गरी १००  को हाराहारीमा उपस्थिति रहेको  थियो l



 सो भ्रमण कार्यक्रममा नेपाली  खानपिन सहित बिबिध मनोरन्जनात्मक क्रियाकलापहरु संचालन भएका थिए l बिभिन्न खेल अन्तर्गत फुटबल खेलमा २-१ ले म्यान्मारलाई हराउदै नेपाल बिजयी भएको थियो त्यस्तै अर्को रोमान्चक खेल  डोरी तान्ने मा पनि म्यान्मारलाई हराउदै नेपाल नै बिजयी भएको थियो l
जहा नेपाली लोक पप  , म्यान्मारी  र  कोरियन गीतहरुले  गुन्जाउदै प्रबाशीहरु एकआपसमा आफ्नो कला सस्कृति साट्दै  दुख सुख बिसाएका थिए l
 कोरियाका सामाजिक अगुवा, बुद्दिजिबी  लगाएत झन्डै १०/१२ जना  महिलाहरुको  पनि उत्साहजनक  संग्लग्नता रहेको उक्त  भ्रमण ज्यादै रोमान्चक भएको प्रतिक्रिया पाईएको थियो l


 नेपालीहरु बीच एकआपसमा मित्रता - सद्भावना र मनोरंजन  कायम गर्ने उदेश्यले आयोजना गरिएको  सो भ्रमण कार्यक्रममा सम्पूर्ण महानुभावहरुलाई  सहभागी भएर सफल बनाइदिनुभएकोमा सो नेपाली समितिका अध्यक्ष बिजु बिक्रम थापाले हार्दिक  आभार ब्यक्त  गर्दै निरन्तर  साथ् र सहयोगको अपेक्षा पनि गरेका थिए  l  सामाजिक  सहयोग क्षेत्रमा पनि  सक्रिय रहेको सो नेपाली समिति २००५ मा स्थापना भई हालसम्म निरन्तर फेन्तेक वरपर रहेका नेपालीहरु माझ  एकीकृत हुदै बिभिन्न क्रियाकलापहरुमा अगाडी बढिरहेको छ l

                                            सम्बन्धित झलकहरु 







No comments:

Post a Comment