Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, March 28, 2014

नेपाली राजदुताबासद्वारा किम्हेमा एमआरपी आवेदनको लागी घुम्ती सेवा

निर्मल थपलिया,किम्हे-
मेसिन रिडेबल पासपोर्ट (एम आर पी) बनाउने आबेदन लिनको लागी  नेपाली राजदुताबास दक्षिण कोरियाको घुम्ती सेवा किम्हेमा आउने भएको छ |

किम्हे तथा सो वरपरका नेपालीहरुले  राजधानी सउलसम्म जानआउनको लागी समय बढी लाग्ने र खर्चिलो हुने भएको हुदा बिगत लामो समय देखि घुम्ती सेवा प्रदान गर्न राजदुताबास समक्ष अनुरोध गर्दै आएको थिए | राजदुताबासले केहि महिना अगाडी पनि किम्हेमा एम आर पी बनाउनको लागी घुम्ती सेवा दिएको थियो | समय मिलाएर घुम्ती सेवा दिने आश्वासन पाए पछि किम्हे मैग्रेंट्स हाउसको सहयोग र एन आर एन कोरिया को क्षेत्रीय समिति (बु.उल ख्यंग) को सक्रियतामा केहि समय यता ३५० जना नेपालीको एम आर पी बनाउनको लागी फारम भरि सकेको छ | उक्त भरिएको फारमको साथमा आवश्यक  पर्ने कागजात पासपोर्ट र नागरिताको साथमा फोटो कपी, ३ प्रति फोटो, र लाग्ने दस्तुर:१७८००० वन को साथमा उपस्थित हुनु पर्ने छ | ३० तारिक आइतबारको दिन बिहानै ८ :०० बजेबाट फारम बुझ्ने काम गर्न शुरु गरिने  भएको छ | बिहान १२ :०० सम्म २०० क्रम संख्या सम्मको आबेदन लिने र बाकी रहेकाहरुको लागी त्यस पछि लिने गरि व्यवस्था मिलाइएको छ |  छिटो र छरितो गरि सबै आवेदकले फारम बुझाउन सकुन र थप नयाँ फारम पनि भरि बुझाउन सकियोस भन्ने उदेश्यले हरेक आवेदकबाट  सहयोगको अपेक्षा गरिएको एन आर एन क्षेत्रीय कमिटिका अध्यक्ष दिपक राज रेग्मीले बताउनु भएको छ | फारम बुझाउने स्थल किम्हे मैग्रेंट्स हाउस किम्हे जाने बाटोमा रहेको फोटो स्टुडियोबाट १००मि. भित्र रहेको स्कुलको परिसरमा हुने कुरा पनि जनाउनु भयो |  राजदुताबासको घुम्ती टोलि किम्हे ल्याउने कार्यक्रमको संयोजन एन आर एन कोरियाले  गरेको हो भने कार्यक्रमको आयोजना एन आर एन कोरियाको क्षेत्रीय कमिटीले गरेको हो |

No comments:

Post a Comment