नमस्ते नेपाल कोरिया संवाददाता
एसियाली खेलकुदमा नेपाली टोलिको नेतृत्व गर्दै कोरिया आइपुग्नु भएका सम्माननीय युवा तथा खेलकुद मन्त्री श्री पुरुषोत्तम पौडेलज्युलाई कोरियामा रहेका नेपाली विधार्थीहरुको साझा अनि प्रतिनिधिमूलक संस्था नेपाली बिधार्थी समाज कोरिया (SONSIK)ले कोरियामा रहेका नेपाली विधार्थी तथा युवाहरुका बिबिध समस्या समाधानको लागि आवश्यक पहल गरियोस भन्दै ध्यानकर्षण गराएको छ! आइतबार सौलमा आयोजित एक कार्यक्रममा SONSIK का सभापति बिमल सुबेदीले दक्षिण कोरियाका लागी नेपाली राजदुत कमान सिंह लामाको सम-उपस्थितिमा मन्त्रि पौडललाइ ज्ञापनपत्र हस्तान्तरण गर्दै ध्यानाकर्षण गराएका हुन्!
नेपाली विधार्थी समाज कोरियाले(SONSIK)द्दरा , सम्माननीय युवा तथा खेलकुद मन्त्री मार्फत नेपाल सरकार तथा उसका सम्बन्धित निकायहरु समक्ष विशेषगरी निम्न ध्यानाकर्षण गराएका छ:-
१. नेपाल तथा कोरिया बीचको शैक्षिक आदानप्रदान गर्दै कोरियाको प्राबिधिक शिक्षा एवं आधुनिक प्रबिधि नेपालमा भित्र्याउनको लागि आगामी दिनहरुमा नेपाली बिधार्थी समाजले गरेका प्रयासहरुमा नेपाल सरकारको तर्फबाट कोरियन सरकारको सम्बन्धित निकाय तथा नेपाल स्थित कोरियन राजदूतावसमा आवश्यक पहल गरि दिनको लागि अनुरोध गरिएको छ ।
२. विदेशी विश्वविद्यालयहरूबाट अध्ययन पुरा गरी नेपाल फर्किएपछि नेपालमा पाठ्यक्रम विकास केन्द्रबाट सम्बन्धन लिइनुपर्ने र त्यसको लागी विश्वविद्यालय बाट डिग्रीको समय, विषयहरूको विस्तृत विवरणको ब्रोसर लगायतको विभिन्न विवरणहरू पेश गर्नुपर्ने अति नै झन्झटिलो प्रक्रिया पुरा गर्नुपर्ने र कोरियाको विश्वविद्यालयहरूमा यस्तो प्रक्रिया सजिलै गर्न पनि नसकिने भएकोले कोरिया स्थित नेपाली राजदुतावास मार्फत शिक्षा मन्त्रालयले विश्वविद्यालयहरूको विवरण अद्यावधिक गरी यस्तो झन्झटिलो प्रक्रियालाई सरल बनाई नेपाली विद्यार्थीहरूलाई नेपाल फकिई देशको सेवा गर्ने अवसर प्रदान गर्न अनुरोध गरिएको छ ।
३. कोरियामा अध्ययन पूरा गरिसकेका बिधार्थीहरुलाई उनीहरुले प्राप्त गरेका सीप तथा ज्ञान विदेशमा विलिन हुन नदिई नेपालको सामजिक तथा शैक्षिक विकासमा योगदान पुर्याउनको लागि उत्प्रेरित गर्ने काममा सरकारी स्तरबाट आवश्यक पहल गरियोस् भनि अनुरोध गरिएको छ ।
४. नेपालमा खुलेका शैक्षिक परामर्शदाताहरुले अन्वास्यक प्रलोभन देखाई कोरियामा पूर्ण वा आंशिक रुपमा शुल्कतिर्न लगाई बिधार्थीहरुले सोचेजस्तोअलपत्र परेको अवगत गराउदै, निज बिधार्थीहरु आफ्नो शैक्षिक शुल्क तिर्न नसकी गैरकानुन हुने गरेको हुनाले त्यस्ता परामर्शदाताहरु माथि छानबिन गरि कारबाही अगाडी बढाउनुहुन अनुरोध गरिएको छ ।

No comments:
Post a Comment