Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, August 11, 2015

कोरियाको रोजगार अनुमति प्रणाली (ईपिएस) के हो ,पास गर्ने अंक : ८० नम्वर भन्दा माथि



के हो कोरियाको रोजगार अनुमति प्रणाली (ईपिएस) ,पास गर्ने अंक : ८० नम्वर भन्दा माथि

ईपिएस प्रकृया मार्फत यही असोज २ र ३ गते छैठौ भाषा परिक्षा हुन लागिरहेको छ । आखिर के हो त ईम्लाएमेन्ट परमिट सिस्टम (ईपिएस) एसको बारेमा जानकारी दिन लागि रहेका छौ । स्वदेशी मजदुरको अभाव भएका कम्पनीमा कामदारको आवश्यकता अनुसार बैधानिक रुपमा प्रवासी मजदुरलाई रोजगारी दिलाउने प्रणाली हो । (प्रवासी मजदुर सम्वन्धि सम्पूर्ण प्रक्रिया सरकारी निकायले मात्र जिम्मा लिनेछन )
  • आन्तरिक श्रम बजारको संरक्षण गर्दै प्रवासी मजदुरलाई अवसर
  • कोरियाको आर्थिक अवस्थाको पहिचान तथा आन्तरिक श्रमबजारको मूल्याङकन गरेर प्रत्येक वर्ष प्रवासी मजदुर लिने संख्याको निर्धारण गरिन्छ ।
    ३०० जना भन्दा थोरै कामदार भएका साना तथा मझौला उद्योग तथा कृषि क्षेत्र, मत्स्यपालन क्षेत्र, निर्माण क्षेत्रआदिमा कामदारको संख्या अपुग भएका ठाउंमा प्रवासी मजदुरलाई रोजगार गर्न पाउने अनुमति दिइएको छ ।
  • घुषपैठ रोक्न तथा प्रवासी मजदुर छनौट प्रक्रिया पारदर्शी र व्यवस्थित गर्न ।
    दुवै देशको सरकार वीच एम ओ यू संझौता भएर सरकारी निकायलेनै प्रवासी मजदुरको छनौटको जिम्मा लिनेछ । (रोजगार समन्वय केन्द्र, मानव श्रोत संसाधान केन्द्र)
    रोजगार दाताको माग अनुसार कामदारको छनौट गर्न सकिनेछ ।
  • क्षमताको अवस्था, कोरियन भाषा सम्वन्धि ज्ञानको आधारमा आवश्यक कामदारको छनौट गर्न सकिनेछ ।
    प्रवासी मजदुरको साधारण अधिकारको संरक्षण ।
  • श्रमऐन, न्युनतम पारिश्रमीक ऐन, कम्पनी शुरक्षा ऐन आदिमा स्वदेशी कामदार सरह समान हैसियत प्रदान गरिएको छ ।
  • नोट: प्रकृया सरकारी प्रकृया भएको हुदा ईपिएस कार्यलय ग्वार्गोले तोकेको बाहेक कसैलाई रकम नदिन तथा नठगिन पनि सचेत गराईएको छ ।
    श्रोत एच आर डि (ईपिएस) कोरिया ,
रोजगार प्रक्रिया : कोरियन भाषा परीक्षा कोरियन भाषा परीक्षाको लागि योग्यता
– १८ वर्ष पुरा गरि ३९ बर्ष ननाघेको व्यक्ति ।
– अपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति ।
– विगतमा गणतन्त्र कोरियाबाट बर्हिगमन नभएको व्यक्ति ।
– आफ्नो देशबाट विदेश जान रोक नलगाइएको व्यक्ति ।
– दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने व्यक्ति ।
– कोरियन भाषा परीक्षा संचालन
– हरेक देशको बांकि रहेका कामदार सूचि बहाल संख्या र कामदारले रोजगारी प्राप्त गर्ने अवस्थालाई हेरेर परीक्षा संचालन गरिने छ ।
– अग्रिम सूचना मार्फत परीक्षा लिने सम्वन्धी सम्पूर्ण जानकारी गराईने छ ।
कोरियन भाषा परीक्षाको प्रश्न
– सुनाई २५ प्रश्न
– पढाई २५ प्रश्न
जम्मा ५० प्रश्न ( परीक्षा समय जम्मा ७० मिनेट)
कोरियन भाषा परीक्षा सार्वजनिक प्रश्न पूस्तक : डाउनलोडको लागि (http://eps.hrdkorea.or.kr)
कोरियन भाषा परीक्षा नतिजा प्रकाशन गर्ने तरिका
परीक्षा लिए पश्चात तोकिएको मितिमा वेबपेज मार्फत प्रकाशित गरिने छ । (वेबपेज ठेगाना : http://eps.hrdkorea.or.kr र http://epsklt.hrdkorea.or.kr)
वेबपेज सम्वन्धित देशको सम्वन्धित निकायको सूचनापेटीमा राखिने छ ।
पास गर्ने अंक : ८० नम्वर भन्दा माथि (२०० पूडाङ्क) धेरै मार्क ल्याउने संख्याको आधारमा उक्त देशमा पास गर्ने संख्या निर्धारण गरिने छ ।
भाषा पास बहाल अवधि : भाषा नतिजा प्रकाशन गरेको मितिले २ वर्ष हुनेछ ।
अन्य जानकारी :
कोरियन भाषा परीक्षामा पास हुनु भनेको रोजगार आवेदन भर्नलाई योग्य मानिनेछ तर गणतन्त्र कोरियामा रोजगारीको ग्यारेण्टी भने हुने छैन् ।
श्रोत : एच .आर .डि कोरिया नेपाल

No comments:

Post a Comment