नमस्ते नेपाल कोरिया सम्बादाता
०९ अक्टोबर २०१५ ,कोरिया
कोरियाको विभिन्न क्षेत्रमा छरिएर रहेका मोरङ्वासी नेपालीहरुको साझा संस्था डाइनामिक मोरङ कमटीले विगत ६ वर्षदेखि कोरिया र नेपालमा आइपरेका नेपालीहरुका विविध समस्याहरुमा विभिन्न संघसंस्थाहरुसग हातेमालो गर्दै सरसहयोग र सामाजिक कार्य गर्दै आइरहेको यहाँहरुलाई अवगत नै छ।यसको अलवा यश समितिले नेपाली तथा कोरिएन चाडपर्व र छुट्टीको अवसर पारेर कोरियामा रहेका मोरङ्वासी नेपालीमाझ सुखदुःख सेयर गर्ने,समितिको कार्ययोजना,प्रगति विवरण,नयाँलाई स्वागत,पूरानालाई विदाई,राम्रो काम गर्नेलाई सम्मान गर्ने लगायत अन्य विविध कुरा प्रस्तुत गर्दै काम,व्यवशाय,पेशा आदि कारणबाट तनाव उत्पन्न साथिहरुमाझ तनाव मुक्त गराउने टिप्सकासाथ जलपान तथा भोजनको कार्यक्रम गर्ने परम्परा पनि वसिसकेको छ। सोही सिलसिला अनुरुप नेपालीहरुको महान चाड वडादशै २०७२ को उपलक्ष्यमा शुभकामना आदानप्रदानको साथै नेपाली तारा-३ का टाइटलिस्ट गायक प्रताप लामाको सांगीतिक साँझ रहेको हुँदा सम्पूर्ण मोरङ्वासी र अन्य इच्छुक नेपालीहरुमा हार्दिक निमन्त्रणा गरिएको छ ।
। उक्त कार्यक्रमको आयोजना संयुक्त रुपमा डाइनामिक मोरङ कमिटी द.कोरिया र आरती सेल्टर,फेन्थेक रहेको बताइएको छ ।
। उक्त कार्यक्रमको आयोजना संयुक्त रुपमा डाइनामिक मोरङ कमिटी द.कोरिया र आरती सेल्टर,फेन्थेक रहेको बताइएको छ ।
पुनश्च:-सोही दिन कार्यक्रमको निर्धारित समयभन्दा २ घन्टा चाँडो निवर्तमान र वर्तमान समितिको आधिकारिक मिटिङ रहेको हुँदा दुवै समितिका सम्पूर्ण पदाधिकारीज्यू अनिवार्य उपस्थित हुनुहोला।
कार्यक्रम हुने मिति र स्थान:- मिति-२०१५अक्टोबर १० शनिबार
समय:-वेलुका ६ बजेदेखी
स्थान-आरती रेस्टुरेन्ट,फेन्थेक

No comments:
Post a Comment