Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, October 8, 2015

कोरियाको फेन्थेक शहरमा दशै पर्ब स्वागत सगै बिबिध सास्कृतिक कार्यक्रम हुने

प्रदीप पंगेनी ,फेन्थेक , दक्षिण कोरिया l 
०९ अक्टोबर,२०१५ l 
२०७२ सालको विजयादशमी अर्थात् बडादशैँ भव्यताकासाथ मनाउन दक्षिण कोरियामा पनि विभिन्न स्थानहरुमा नेपालीहरु जुटिरहेको बेला फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (माईग्रेट सेन्टर) नेपाली समुदायले पनि आगामी अक्टोबर १८ तारिख आईतबार सो सेन्टरको आफ्नै भवनमा दशैँ स्वागत सगै बिबिध सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रबाशी भूमिमा रहेता पनि नेपालीहरुमा एकआपसमा आत्मियता साट्दै नेपाली सस्कृतिको पहिचान र जगेर्ना गर्ने उदेश्यले आयोजना हुन गैरहेको उक्त कार्यक्रममा नेपाली परम्परा अनुसार टिका तथा जमरा ग्रहण, एकआपसमा शुभकामना आदानप्रदान, विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु रहनुका साथै नेपाली परिकारका खानाको प्रबन्ध गरिएको सेन्टरका नेपाली कमिटीका अध्यक्ष कृष्ण पुरी ले बताएका छन् ।नेपाली सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको सो कार्यक्रममा कोरियाको स्थानीय ,नेपाली कलाकारहरुको प्रस्तुति रहने फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र सांस्कृतिक विभागका गौरभ न्यौपानेले जानाकारी दिएका छन ।
कोरियामा २००५ को स्थापना कालदेखि नै बहुसंख्यक नेपालीहरूको साझा सस्थाको रूपमा बिकसित फेन्तेक माईग्रेट सेन्टरमा हाल उल्लेख्य नेपालीहरू एकजुट हुदै आईरहेका छन् ।यस संस्थाले आपत् बिपतमा परेका दैनिक दर्जन भन्दा बढि नेपालीहरूलाई खान बस्न सहितको आश्रय,विभिन्न सहयोग तथा परामर्श दिदै आएको छ।
समितीले कार्यक्रमलाई सफल रुपमा भव्यताका साथ सम्पन्न गर्न सरल ब्यबस्थापन गर्दै भरपुर मनोरंजन दिलाउन समितिका बरिस्ठ उपाध्यक्ष प्रबिण गिरीको सयोजकत्वमा बिभिन्न उपसमिती हरु गठनगरी तयारी अगाडी बढिरहेको छ l आयोजकले सम्पूर्ण कार्यक्रमको तयारी पुरा भएको जानकारी गराउदै उक्त दिन बिशेष अतिथिहरुको आतिथ्यमा निबर्तमान कार्यसमितिहरु, बिशेष सहयोगीहरुको सम्मान साथै कोरियामा रहेर नेपालीहरुको हितमा सामाजिक कार्य गर्नुभएका पत्रकार मिन प्रकाश उप्रेतीलाई पनि बिदाई गरिने भएको छ l कोरियामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि तथा सम्पूर्ण महानुभावहरुलाई समयमै उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागी अनुरोध गरिएको छ।
कार्यक्रम तालिका :-मिती: २०१५ -अक्टोबर १८ तारिक आईतबार l
समय: मध्यान्ह ठिक १२ बजे देखी
कार्यक्रम प्रथम चरण :- दशैँ स्वागत शुभकामना आदानप्रदान ,सम्मान तथा बिदाई
दोश्रो चरण:- टिका ग्रहण ,सास्कृतिक रमझम साथमा नेपाली भोजन
स्थान :फेन्थेक माईग्रेंट सेन्टरको भवन( फेन्थेक यगबाट ५०० मिटर भित्र )-उरी बैंक को सिधा आगाडि ]
सम्पर्क :- कृष्ण पुरी : -[010-59311934] -प्रविण गिरी :- [010-25110286] -राजु खड्का - 010-25926623 
आयोजक -फेन्तेक प्रबाशी मजदुर सहयोग केन्द्र ( नेपाली समिती , फेन्तेक दक्षिण कोरिया )

No comments:

Post a Comment