Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, October 5, 2015

गुन्सान पहिलो मिनी ओलम्पिक खेल सम्पन्न

नेत्र  पौडेल , दक्षिण कोरिया

०५ अक्टोबर २०१५ ।
       कोरियनहरुको महान पर्ब छुसकको अवसर पारेर सेप्टेम्बर २८ मा ओक्सिदो  बहुअसास्कृतिक  केन्द्र गुन्सान  द्वारा मिनी ओलम्पिक खेल  सम्पन्न गरेको छ ।
उक्त खेलमा कोरिया को दक्षिणी भाग मासान, जन्जु , नाजु , ख्वान्जु लगाएत  बिभिन्न ठाउहरु बाट  क़रिब चारसय जनाको उपस्थिति  रहेको थियो । बिहान ९ बजे बाट शुरु भएको खेलमा भलीबल तर्फ छ टिम र फुटबल तर्फ छ टिम गरि जम्मा १२ टिमको सहभागिता रहेको  थियो। फुटबलमा क्रमश सगरमाथा फुटबल क्लब प्रथम,  छल्बोक  बिश्वबिद्धालय दिृतिय र गुन्सान  समाजले  तृतीय स्थान प्राप्त गरेका थिय भने  भलीबल तर्फ गुन्सार बहुसास्कृतिक केन्द्र प्रथम , एन सि सि (ख्वांग्जु )दिृतिय र छिर्वन (मासान) टिम तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् l  बिजेता लाई नगद ५००००० वन, मेडल र प्रमाणपत्र ,  उपविजेता लाई नगद २५०००० वोन , मेडल  र प्रमाणपत्र साथै तृतिय स्थानको लागी मेडल र प्रमाणपत्र को ब्यावस्था गरियको थियो  ।
उक्त  मिनि ओल्म्पिक खेल अत्यन्तै मर्यादित , रोचक र निकै प्रतिस्पर्धात्मक  रूपमा भयको थियो भने साझ ५ बजे  पुरस्कार तथा प्रमाणपत्र वितरण  कार्यक्रम गरि समापन गरियको थियो।
ठूलो संख्या मा कोरियामा रहेका बुद्दिजिबी, व्यापारी,पत्रकार तथा सर्बसाधारण को उपस्थिति रहेको कार्यक्रम आयोजक संस्था का अध्यक्ष तथा कार्यक्रम संयोजक दिपक खड्का को सभापतित्वमा  भएको थियोभने  संस्थाका निर्देशक खिम  क्याउङ ते  , छल्बोक राज्य  सरकार  का प्रतिनिधि तथा प्रायोजक सिटिहल गुन्सानका प्रतिनिधि हरुले मन्तव्य दिदै यो खेल ले नेपाली र कोरियाली नागरिक हरुको संबन्ध अझै प्रगाढ  बनाएको कुरा ब्याक्त गर्नुभयको थियो। संस्थाका सचिव सालीक न्यौपाने ले उध्घोषण गर्नु भएको कार्यक्रममा गुन्सान नेपाली समाजका संरक्षक खगेन्द्र बुढामगर ले स्वागत मन्तव्य राख्नुभएको थियो भने छल्बोक बिश्वबिद्धालयका प्राध्यापक   डा. माधब न्यौपाने   तथा ख्वांग्जु खेल संयोजक घ्याम्चो लामाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  कोरियामा  यस्तो विभिन्न कार्यक्रमले नेपालीहरुबीच माया, सदभाब सहयोग अझै बढ्ने, र अरु पनि एस्तो कार्यक्रमहरु आयोजना गर्दै जाने भन्दै  संस्थाका प्रवक्ता राजु न्यौपानेले जानकारी दिनुभयो ।



No comments:

Post a Comment