Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 30, 2015

कोरियामा जनप्रगतिशील मोर्चा गठन


नमस्ते नेपाल कोरिया ,
३० सेप्टेम्बर,२०१५ सोल ,दक्षिण कोरिया l

कोरियामा जनप्रगतिशील मोर्चा गठन
दक्षिण कोरियामा नेकपा माओवादी (विप्लप नेतृत्व )को भातृ संगठन जनप्रगतिशील मोर्चा गठन भएको छ । कोरियाको पर्व छुसकको बिदा अवसर पारेर राजधानी सोलमा एक कार्यक्रम गरी जनप्रतिशिल मोर्चा गठन गरिएको हो । मोर्चाले लोक रानाको अध्यक्षतामा १९ सदस्य कार्य समिती गठन गरेको छ । उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश नरेश रायमाझी, रमेश थापा, कृष्ण बस्नेत र आकाश ओली रहेका छन ।
सोलको तुन्देमुनमा रहेको बि आर इन्टरनेश्नलको सभाहलमा भएको कार्यक्रममा कोरियामा रहेर बिभिन्न पेशा, रोजगार तथा बिभिन्न संघ संस्थामा आवद्ध नेपालीहरुको उपस्थिती थियो । मोर्चा गठन पश्चात कार्यक्रममा बोल्दै अध्यक्ष लोक रानाले क्रान्तिmकारी शतिmहरुलाई गोलबन्द गरी आगामी दिनहरुमा मोर्चाका गतिबिधि तिब्र रुपमा अगाडी बढाउने बताए ।
मोर्चाले कोरियाको बिभिन्न क्षेत्रमा रहेका नेपालीहरुलाई संगठीत गर्न छिट्टै नै क्षेत्रिय कमिटी गठन गर्ने जनाएको छ । त्यस्तै भारतले नेपालमा गरेको नाकाबन्दी तथा नेपालमाथीको ठाडो हस्तछेपको घोर बिरोध गरेको छ ।

No comments:

Post a Comment