Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 30, 2015

अनाथ बालवालिका संरक्षण कोषको दोस्रो वार्षिक उत्सब तथा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न




  • नेत्र पौडेल सौल,(नमस्ते नेपाल कोरिया) 
  • अनाथ बालवालिका संरक्षण कोष स्थापनाको दोस्रो वार्षिक उत्सब तथा बृहत अन्तरकृया कार्यक्रम छुसकको अबसरमा दोङ्देमुन स्थिति नेपाल हाउस मा सम्पन्न भएको छ।
  • "जस्को कोहि छैन उस्को लागि हामी, नेपालका अनाथ बालबालिकाहरुको लागि दिगो संरक्षण हाम्रो अभियान "भन्ने मुल नाराका साथ सुरु गरियको अभियान लाई रास्टृय अभियान को रुपमा बिकास गर्न गर्नुपर्ने मा जोड दिइएको थियो।
  • कार्यक्रम मा बोल्दै प्रमुख अतिथि नेपाली राजदुतावास कोरियाका श्रम सहचारी अनिल गुरुङ ले सामान्य युबा हरुले बिकराल समस्य को रुपमा रहेको अनाथ बालबालिका को दिगो संरक्षण गर्न दुरदर्शिता ताका साथमा मा काम गरेको थाहा पाउँदा आफू आस्चर्यमा परेको बताउदै येस अभियानको को सुरुवातकर्ता बुद्ध गौतम तथा समग्र अभियान को खुलेर प्रशंसा गर्नुका साथै परोपकारी उदेश्य का साथ गरियको अभियान मा आफ्नो तर्फबाट सदैब सहयो रहने कुराबताउनुभयो ।यस्तै समाजसेवी तथा सेवक नेपालका संरकक्षक के पि सिटौला ले परोपकारी संस्था को संरक्षक हुन पायको हर्सित भयको बताउदै आफ्नो तर्फबाट सदैब आर्थिक तथा नैतिक सहयोग रहने कुरा बताउनुभयो ।यस्तै अर्का समाज सेवि तथा सोही संस्थाका संरक्षक रुद्र शर्मा ले कोरियामा भयका संस्थाहरु मध्ये यो सेवक नेपाल बिल्कुल फरक उदेश्य बोकेको संस्था भयको बताउदै अभियान्ताहरुको प्रशंसा गर्नुभयको थियो । 
  • यस्तै भुतपुर्व NRNA कोरिया का अध्यक्ष तथा समाजसेवी बिनोद कुवर ले एक दुई जना बाट सुरु गरियको काम यहासम्म आयको को थाहा पाउँदा खुसी ब्याक्त गर्दै आर्थिक तथा नैतिक सहयोग को प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।तिनै जना समाज सेवि क्रमश रुद्र शर्मा , के पि सटौला र बिनोद कुवर ले जनही एकाउन्न हजार नेपाली सहायोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो।कार्यक्रममा यो अभियान का सुरुवात कर्ता तथा संस्था का संयोजक बुद्ध गौतम ले हामी भएका हरुले नभएका हरुलाइ सहयोग गर्नुपर्ने बेला आयको बन्दै येस सकारात्मक कार्यमा हतेमालो गर्ने सबै लाई धन्यवाद दिनु का साथै नेपाली भनेर गर्व गर्ने सबैलाई येस अभियानलाई एक रास्टृय अभियान बनाउनमा हातेमालो गर्न आव्हान गर्नुभएको थियो। 
  • कार्यक्रमा यस संस्थाका सक्रिय अभियान्ता शिव भट्टले संस्थाको बार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियो। हालसम्म १० जना अनाथ बालबालिका लाई सस्था को खर्चमा शिक्षा दिइएको बताउदै हालसम्म सत्र लाख, एकाउन्न हजार, आठ सय उनन्चालिस रुपैया, सैतिस पैसा) जम्मा भएको र उक्त रकम माछापुच्छ्रे बैंकको "सेवक नेपाल" नामको संस्था को खातामाअ रहेको जानकारी गराउनु भयको थियो।स्मरण रहोस हाल्सम्म बुद्ध गौतम ,अर्जुन भुसाल नवलपरासि ,शिभ प्रसाद भट्ट नुवाकोट, हरिशरण न्यौपाने,नुवाकोट , कल्पना दोलखा, गङ्गा पौडेल "सुभ" झापा, धर्म राज जोशी कंचनपुर , दिल बहादुर जलारी "पासा" पोखरा , रमेश गौतम रामेछापहाल , दिलिप चौलागाईं रामेछाप हाल, बिर बहादुर तोलाङ्ग्गे "रमेश" सिन्धुपाल्चोक, बिक्रम, ब्यास मुनि अधिकारि खोटाङ्, रेशम लाल ढकाल स्याङ्जा , अनिल के.सी नवलपरासी, बिनोद कुमार थापा नुवाकोट , पुस्कर कुवर दार्चुला, जनार्दन तिमल्सिना , तोयानाथ चौलागाईं ,टंक राज खड्का ,शारदा भुषाल ,सुनिता राई "सुब्बा" इजराइल. नबराज गौतम , सुरेन्द्र छत्कुली ,कृष्ण राई "कमल" ,केशब भण्डारी अस्ट्रेलिया,याम चापागाईं ,गोबिन्द गौतम् , दिपक चापागाई ,गोबिन्द गौतम काभ्रे , उपेन्द्र अर्याल ,सन्तोष तिमल्सिना , प्रसान्त "पारखी" गौतम , पूर्ण बहादुर खड्का , शिभ पौडेल , पूर्ण चन्द्र अधिकारि , मणि चापागाईं ,सोम ढकाल ,प्रेम वस्ती ,तुल बहादुर थापा मगर प्रकाश अधिकार, शंकर बिश्वकर्मा , आनन्द कुमार खड्का, राम कुमार बस्नेत, रोशन मगर , मदन साह ,हरि खनाल इलाम,रोशन मगर,नबराज बोहोरा, जीवन अदाइ मगर, र नेत्र पौडेल स्याङ्जा गरि हालसम्म ५६ जना अभियान्ता हरु रहनु भएको छ।
  • कार्यक्रममा कोरिया मा कृयासिल विभिन्न संघ संस्था का प्रतिनिधिहरु, अभियान का अभियान्ताहरु ,पत्रकार व्यापारी तथा बुद्धिजीवी हरुको बाक्लो सहभागीता रहेको कार्यक्रम अनाथ बालबालिका संरक्षण अभियान (सेवक नेपाल) का जेष्ठ अभियान्ता दिल बहादुर जलारी पासा को सभापतित्वमा मा भयको थियो भने कार्यक्रम सोही संस्था का अभियान्ता मध्येका एक गोभिन्द गौतम ले संचालन गर्नुभयको थियो।


No comments:

Post a Comment