Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 17, 2015

५ औ राष्ट्रिय महाधिबेशन सम्बन्धि सूचना!!

नमस्ते नेपाल  कोरिया संवाददाता
गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको कार्यसमिति लगायत अन्य सरोकारवाला महानुभावहरुको उपस्थितिमा मिति २०१५-९-१२ को संयुक्त बैठकले गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको ५ औ राष्ट्रिय महाधिबेशन मिति २०१५-०९-२०मा र ५ औ कार्यसमिति को चयन तथा निर्वाचन कार्यक्रम मिति २०१५-०९-२९ तारिकमा, जुन्गु कुमिन होइ ग्वान (중구 구민회관), सौल मा गर्ने निर्णय गरेको सम्बन्धित सबैको जानकारीको लागि अवगत गराईन्छ! गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया ५ औ राष्ट्रिय  महाधिबेशनमा सम्पूर्ण सबैको सक्रिय सहभागिताको अपेक्षा गर्दै सबैमा सहयोग र सद्भावको लागि अनुरोध गर्दछ!

राष्ट्रिय महाधिबेशनको कार्यसूची देहाय बमोजिम रहेको छन्:
१. ४ औ कार्यसमितिको आर्थिक तथा प्रगति बिवरण उपर छलफल
२. गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको बिधान संसोधन तथा परिमार्जन
३. गैर आवाशीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद दक्षिण कोरियाका बिबिध गतिबिधिमा उल्लेखनिय सहयोग पुराउनुहुने महानुभाव तथा संघसस्थाहरुको सम्मान
४. ५ औ कार्यसमिति तथा  ICC प्रतिनिधिको चयन
५. आगामी बर्षको कार्ययोजना निर्माण तथा
६. अन्य

कार्यक्रम सम्बन्धि जानकारी:
क.      ५ औ राष्ट्रिय महाधिबेशन
मिति : २०१५-०९-२०
स्थान: जुन्गु कुमिन होइ ग्वान (중구 구민회관) सौल, सभाहल
समय: दिवा १.०० बजे

ख.     ५ औ कार्यसमिति को चयन तथा निर्वाचन कार्यक्रम
मिति : २०१५-०९-२९
स्थान: जुन्गु कुमिन होइ ग्वान (중구 구민회관) सौल, सभाहल
समय: बिहान १०.०० बजे देखि
(पुनश्च: अनिबार्य रुपमा मतदाताले आवस्यक प्रमाण खुल्ने कागजजात (Alien registration card वा पासपोर्ट) देखाउनु पर्ने छ!)

धन्यबाद!

No comments:

Post a Comment