Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, October 15, 2014

नेपाली बिधार्थी समाज कोरिया(SONSIK) को क्षेत्रीय समिति गठन

नमस्ते नेपाल कोरिया संवाददाता 
नेपाली बिधार्थी समाज कोरिया (SONSIK) ले स्थापनाको झन्डै एक दशकपछि आफनो पहिलो क्षेत्रीय समितिको गठन गरेको छ!

आइतबार  चुंग चुन्ग्नाम तथा चुंग चुन्ग्बोक्दो बिधालय प्रतिनिधि हरुको उपस्थितमा “सोनसिक चुंग चुन्ग्नाम तथा चुंग चुन्ग्बोक्दो” समिति को गठन गरिएको हो!सम्बन्धित क्षेत्रका SONSIK कार्यसमितिका उपसभापतिको नेत्रितोमा रहने गरि निर्माण गरिएको क्षेत्रीय  समितिमा सम्बन्धित क्षेत्रका बिधालय प्रतिनिधि स्वत सदश्य रहने व्यवस्था गरिएको छ! आइतबार गठन  गरिएको कार्यसमितिका पदाधिकारीहरुलाई SONSIK का सभापति बिमल सुबेदीले पद तथा गोपनियताको सपथ दिलाएका थिए! सोनसिक सभापति सुबेदीले “SONSIK का गतिबिधि बिस्तार तथा सोनसिकलाई नेपाली बिधार्थीहरु समक्ष नजिक पुराउने उदेश्यले क्षेत्रीय  समिति गठन गरिएको जानकारी दिदै अन्य क्षेत्रमा पनि समिति विस्तार हुने जानकारी दिनु भयो! नवगठित समितिका संयोजक तथा SONSIK उपसभापति धर्म राज गौतमले  सोनसिक क्षेत्रीय  समिति गठनले SONSIK क्रियाकलापलाइ थप तिब्रता प्रदान गर्ने  र SONSIK चुंग चुन्ग्नाम तथा चुंग चुन्ग्बोक्दो” समिति नेपाली बिधार्थीहरुको हित र सहयोग का लागि समर्पित रहने प्रतिबद्ता ब्यक्त गर्नु भयो!


SONSIK र KUAAN बीच शैक्षिक जर्नल प्रकाशनकालागि सम्झौतामा  हस्ताक्षर
नेपाली बिधार्थी समाज कोरिया (SONSIK)  र Korean Universities Alumni Association of Nepal (KUAAN) बिच SONSIK जर्नल प्रकाशनकालागि एक सम्झौतामा हस्ताक्षर भएको छ!

सन् २०११बाट प्रकाशन आएको SONSIK जर्नलले आफ्नो सुरुका शृंखला नियमित प्रकाशन गरेपनि बिभिन्न कारण बस प्रकाशन बन्दभएको जर्नलको नियमित प्रकाशनका लागी नवगठित SONSIK ११औ कार्यसमितिले पहलकदमी गरेको हो ! उक्त सम्झौतामा SONSIK का तर्फ बाट सभापति बिमल सुबेदी तथा KUAAN का तर्फ बाट सभापति प्रा. डा जनार्धन लामिछानेले हस्ताक्षर गर्नु भएको थियो! उक्त हस्ताक्षर कार्यक्रमका साक्षीका रुपमा SONSIK जर्नलका सम्पादक डा. देवी बहादुर बस्नेत तथा SONSIK ११औ कार्यसमितिका सल्लाकार डा. भुषण श्रेष्ठ रहनुभएको थियो! SONSIKले यस सम्झौताले नेपालको बिज्ञान तथा प्रबिधि  तथा खोज र अनुसन्धानको क्षेत्रमा सकारत्मक प्रभाव राख्ने विश्वास लिएको छ!

No comments:

Post a Comment