नमस्ते नेपाल कोरिया संवाददाता
१५ अक्टोबर २०१४
ईपीएस अन्तर्गत पाँचौ कोरियन भाषा परीक्षाको परीक्षाफल कोरिया सरकारले सार्बजनिक गरेको छ |आज प्रकाशित परीक्षाफल अनुसार ३ हजार ६ सय ६३ जना नेपालीहरु उत्तीर्ण भएका छन् | | औद्योगीक क्षेत्रका लागि २७ सय ६८ र कृषि क्षेत्र ८ सय ९५ जना उत्तीर्ण भएका हुन् | एचआरडी कोरियाले गत असोज १० र ११ गते परिक्षा संचालन गरेको थियो |
परीक्षाफल अनुसार उत्तीर्ण भएका मध्ये औद्योगीक उत्पादन क्षेत्रमा ९ प्रतिशत रहेको छ | यो क्षेत्रमा ८० प्रतिशत भन्दा बढी अंक ल्याउने उमेरद्वारलाई उतीर्ण गराइएको हो | त्यस्तै कृषिमा ३.२ उतीर्ण प्रतिशत रहेको छ |७८ प्रतिशत ल्याउने उमेरद्वारलाई यो क्षेत्रमा उतीर्ण गराइएको हो |
३४ सय ६३ पुरुष रहेका छन् भने २ सय महिला रहेका छन् | कोरियामा महिला कामदारको माग न्यून हुने भएकाले उतीर्ण संख्या कम हुनसक्ने सोलस्थित नेपाली दूताबासका एक अधिकारीले जनाए |
पाँचौं भाषा परीक्षाका लागि गत साउन २८ गतेदेखी ३१ गतेसम्म आवेदन खुल्ला गरिएको थियो | यो अवधिमा ६२ हजार ५ सय १४ युवाले आवेदन दिएको भए पनि ५२ हजार ४ सय ८५ पुरुष सहित ६ हजार २ सय ८५ महिलाले मात्र परीक्षा दिएका थिए |
यसै बर्षदेखि कोरिया सरकारले भाषा परीक्षा उत्तीर्ण गर्ने सबै उमेरद्वारले सीप परीक्षणमा अनिबार्य सहभागी हुनुपर्ने भएको छ | यसअघि उच्च अंक प्राप्तगर्ने मध्ये करिब ५० प्रतिशत उमेरद्वारलाई मात्र सीप परिक्षणमा सहभागी गराईएको थियो |यस अघि ३ सय पुर्णाकको सो परीक्षण फिजिकल ५०, अन्तर्वार्ता १०० र सीप परीक्षण १०० गरि २ सय ५० मा झारिएको छ |
ईपीएस नेपालका निर्देशक डिल्लीराम बास्तोलाले उतीर्ण भएका उमेरद्वारको सबै प्रकृया मङ्सिर महिनासम्ममा सकिने जनाए | मङ्सिरसम्ममा सबै प्रकृया सकिने भएकाले उतीर्ण भएका उमेरद्वार जनवरीदेखि कोरिया जानसक्ने बास्तोलाले जनाए l

No comments:
Post a Comment