कमल प्रसाद अर्याल l
नेपाली दुतावास ,राष्ट्रसेवक कर्मचारी ,श्रमसहचारी ,मजदुर मीत्रहरू.समाजसेवी ,ब्यापारी ,विध्यार्थी, गैर आवासीय नेपाली समुदाय तथा विभिन्न संघ सस्था र सस्थाका प्रतिनिधि ज्यूहरू ,भविस्यको मीठो सपना साँचेर कोरिया प्रवेश गरेका सेरफ गुरुङ जो कृषि क्षेत्रमा कार्यरत थिए ,अचानक जापानी इन्सेफ्लाईटिस को सिकार भई अचेत अवस्थामा थेगुस्थित अस्पतालमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गर्दैछन् l आर्थिक अभावका बाबजुद साथीहरूको सहयोग प्रयासमा अस्पताल भर्ना भए पनि उपचार खर्च अभावले विपदमा रहेको जानकारी चितवन सम्पर्क समितिलाई गराइयो l चितवन सम्पर्क समितिले ' सेरफ बचाऊ अभियान समिति' निर्माण गर्यो र सो समितिको संयोजकको रुपमा निवर्तमान अध्यक्ष कमलप्रसाद अर्याललाई चयन गरेको छ l यस समितिले यहाँ स्थित सम्पूर्ण समुदायलाई अत्यन्त उदारतापूर्वक सहयोग गर्न बारम्बार आग्रह गर्दै आएको पनि छ l हाल बिरामीको स्वास्थ्यमा सामान्य सुधार आएको ,आँखी भौ चल्न लागेको सुक्ष्म समबेदना देखिएको शरीरमा सामान्य कान्ति बढेको र बेला बेला शरीर चल्न लागेको सुखद खबर यहाँहरू माझ अबगत गराउन चाहन्छु l दैनिक २० लाख जति उपचार खर्च लाग्ने भनिएकोमा अब दैनिक १० लाख जति मात्र लाग्ने गरेको पनि जानकारी गराउन चाहन्छु l यस सहयोग कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन कुरुवा ,स्थानीय समाजसेबी ,पत्रकार र परिवारका सदस्यसहितको समिति निर्माण गरी हिसाब किताब पारदर्शी र व्यवस्थित गर्न आग्रह गरिएको छ l हाल त्यस समितिमा सदस्य संख्या थप गरी अझ व्यवस्थित बनाउन पनि सेरफ बचाउ अभियान समिति हार्दिक आग्रह गर्दछ l
यस समितिले यहाँ रहेका विभिन्न संघ सस्था र व्यक्तिहरूलाई सहयोग जुटाइदिन आग्रह गर्दै आएको र कतिपय सस्था र समुहले सहयोग संकलन कार्य गरिरहेका पनि छन् l हाल केही रकम पठाउनु पर्ने भएकाले जहाँ जहाँबाट रकम जुटेको छ ,सहयोग संकलन अभियान जारी राख्दै प्रथम किस्ताका रूपमा चितवन सम्पर्क समिति 'सेरफ बचाऊ अभियान समितिको खाता २२१२८६२५४०२०१६ आइ बि के बैंक सचिव दुर्लभबन्धु पोखरेलको खातामा जम्मा गरी सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछ l थप जानकारी र स्थिति बारे जानकारी लिन दुर्लभ बन्धु पोख्रेल ०१०८६९९१२१६ कमलप्रसाद अर्याल ०१०४८८३०८५७ र इन्द्र न्यौपाने ०१०४६३९९६२० मा सम्पर्क गर्न सक्नुहुनेछ l सेरफ हाम्रा साझा हुन् उनको रोग हाम्रो साझा समस्या हो l एउटा संगति मर्यादा र अनुशासनबिना सामाजिक भाव सफल हुदैन l तपाइँ हामीले गरेको हरेको सहयोग पारदर्शी रहे नरहेको दाता नामावलीमा आफ्नो नाम रहे नरहेको कुरामा चासो राखिदिन पनि आग्रह गर्दछ l
यस अभियानलाई थप व्यवस्थित पारदर्शी र अनुशासित बनाउन हाम्रो साझा सस्था नेपाली सम्पर्क समितिलाई आग्रह गरिएको छ / आग्रह गर्दछौ l यहाँ स्थित सम्पूर्ण सस्थाको साझा समन्वय समिति निर्माण गरी सबैले आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु अपरिहार्य छ यसका निम्ति नेपाली सम्पर्क समितिले पहल गर्ने कुरामा हामी आशावादी छौं l सबै सहयोग जुटाउने हरेक सस्थालाई र यहाका महत्वपूर्ण सस्थाहरुको साझा सस्थालाई संयोजन गरी यस सेरफ बचाऊ अभियान समितिले गरेका कार्यहरूको स्पष्ट निगरानी राख्दै गर्नु पर्ने र भूमिका निर्वाह गर्नुपर्ने आवस्यकता खट्किएको जानकारी प्रदान गरी सहयोग गरिदिन पनि सेरफ बचाऊ अभियान समिति हार्दिक आग्रह गर्दछ l मेरो शरीर मेरो विचार भनेर वस्त्रहीन सार्वजनिक ठाउमा हिड्दा जसरी सामाजिक मर्यादामा खलल पुग्छ , हामीले पनि एउटा निश्चित दायरा निर्माण गरिएन भने यस्ता विसंगति देखिन सक्छ त्यसप्रति यो समिति सचेत छ l कुनै पनि सामाजिक कार्यको हवाला दिएर गरिने यस्ता कार्यमा निर्दिष्ट लक्ष हासिल भए नभएको निगरानी राख्ने दायित्व छाता संगठनको हो l उठेको रकम छिटो सम्बन्धित स्थानमा र व्यवस्थित संरचना मार्फत पुगोस् ,यस सेरफ बचाउ अभियान समिति मार्फत नै सम्बन्धित स्थानमा रकम पुगोस् तथा त्यहा रेखदेखमा खटिएका मित्रले पनि हिसाब किताब प्रष्ट राखिदिन अनुरोध गर्दछ l गत आइतवार थकाली समाजले आयोजना गरेको चलचित्र प्रदर्शन कार्यक्रममा सहयोग जुटाउन सहयोग गर्नुहुने सस्था र मनोरन्जनका निम्ति पाल्नुभएका दर्शकको सहयोगमा दान पात्रमा गोप्य दान बापत ४ लाख १२ हजार तथा केही रकम नाम उल्लेख गरी करिब ५ लाख भन्दा बढी रकम संकलन भएको छ l यसका निम्ति हार्दिक धन्यवाद व्यक्त गर्दछ l
संयोजक
कमलप्रसाद अर्याल
चितवन सम्पर्क समिति 'सेरफबचाउ अभियान समिति '

No comments:
Post a Comment