Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, October 6, 2014

कोरियामा मृत्युसँग लड्दै सेरफ गुरुङ

अर्जुन बराल, दक्षिण कोरिया ।

रोजगारीको सीलसीलामा रोजगार प्रक्रिया प्रणाली मार्फत साँढे तीन बर्ष अगाडि दक्षिण कोरिया आएका चितवन कुमरोज निवासी २८ बर्षीय सेरफ गुरुङ थेगुस्थित याग्नाम युनिभर्सिटी हस्पिटलको आईसियुमा मृत्युसँग जुधिरहेका छन् ।

सिटी स्क्यान र एमआईआईको रिपोर्ट अनुसार एन्सीफलाईटिसका कारण गिदी फुलेको र मस्तिष्क अति नै कमजोर अबस्थामा रहेको साथै मस्तिष्कमा पानी जमेको जनाईएको छ ।

बिरामीको अबस्थाको जानकारी लिनका लागि अस्पताल पुगेका नेपाली डाक्टर राजेशचन्द्र जोशीले अहिलेसम्मको अबस्था हेर्दा जटिल अबस्थामा बिमारी रहेको बताएका छन् भने बिमारीको अबस्थाको क्रमिक सुधारका लागि दैनिक बीस लाख कोरियन वनको आबश्यकता पर्ने हस्पिटलले जनाएको छ साथै बिमारीको नजिक रहिरहेका अनि बिमारीको परिवारलाई विशेष पहल गरि कोरिया ल्याईपुरयाउँन महत्वपूर्ण भुमिका निर्बाह गरेका कोईडिया सपोर्ट सेन्टर फर माईग्रेन्ट वर्करका काउन्सिलिङ प्रमुख अजय अर्यालले पनि बिमारीको अबस्था गम्भिर भएको बताएका छन ।

तसर्थ एक नेपालीको प्रबासमा अकाल मृत्युबाट बचाउँन चितवन सम्पर्क समिति दक्षिण कोरियाले नेपाली समुदायलाई सहयोगका लागि आह्रवान गरेको छ भने सहयोगका निम्ति स्वंयम बिरामीको थेगु बैकको खातानम्बर ५०८११६०१३४४२ र दुर्लभ बन्धु पोखरेल आईबिके बैक दक्षिण कोरियाको खातानम्बर २२१२८६२५४०२०१६ मा सहयोग रकम पठाउँन सकिने छ साथै सेरफ गुरुङलाई नयाँ जीबन दिनका लागि निजका मित्र गणेश थापा, भिमसेन थापा , प्रेरित लामा लगायतले महत्वपूर्ण भुमिका निर्बाह गरेका छन ।
नेपालमा आमाको मानसिक अबस्था ठिक नभएको, एकभाई रोजगारका लागि भारत गएका र अर्को भाई बेरोजगार छन् भने निज गुरुङकी पाँच बर्षीय छोरी छिन् ।

No comments:

Post a Comment