नमस्ते नेपाल कोरिया संवाददाता ,नर्वे l
नेप्लिज स्टुडेन्ट कम्युनिटी इन ओस्लो (NESCO) ले नर्वेको राजधानी ओस्लोमा गत मिति २०७१ साल असोज १७ गते शुक्रबारका दिन सोग्न स्टुडेन्ट भिलेजको एक हलमा ११५ जना नेपालीहरु र केहि नर्वेजिएनका, केहि युरोपियन र केहि अफ्रिकन पाहुनाहरुका वीच दशैँ कार्यक्रम सम्पन्न गरेको छ।
नेस्को नर्वेले प्रत्येक वर्ष विजया दशमीको शुभ अवसरमा विदेशमा रहेर पनि आफ्नो चाडपर्व, नेपाली भाषा, राष्ट्रिय पोशाक, संस्कृति, परम्परा, मर्यादा, सद्भाव, माया अनि कलालाई जगेर्ना गर्दै आइरहेको छ। उक्त कार्यक्रममा धेरै जसो विद्यार्थी, केहि अफिसियल कर्मचारी, एन आर एन नर्वेका अध्यक्ष डा. सुरज थापा र केहि नर्वेजिएन नेपालीहरुको उपस्थिति रहेको थियो। वडा दशैं २०७१ लाई संयुक्त रुपमा आफ्नो समुदाय वीच मनाउनु पाउदा सहभागीहरु निक्कै खुसी देखिन्थे। नेस्को नर्वेका कार्यसमिति सदस्य बेलकुमारी थापामगरले "गैरीखेतको सिरै हान्यो" बोलको गीतमा गरेको नृत्यले कार्यक्रमलाई अझै रोचक बनाइदिएको थियो। दशैंको टीका अनि जमरा गोरख चन्दका आमा जानकी चन्दले लगाइदिनुभएको थियो। कार्यक्रमको अध्यक्ष्यता नेस्को नर्वेका अध्यक्ष मदन आचार्यले गर्नु भएको थियो भने कार्यक्रम संचालन समितिका सचिव केशव पुरीले गर्नु भएको थियो त्यसैगरी स्वागत मन्तव्य कोषाध्यक्ष पवित्र बस्नेतले राख्नु भएको थियो।

No comments:
Post a Comment