नमस्ते नेपाल कोरिया संवाददाता
१७ औ ईन्छन एशियन खेलकूदमा सहभागि हुन कोरिया आई पुगेका आर्चरी र बास्केटबलका ६ जना खेलाडीहरुलाई थसेस कोरियाले एक स्वागत कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
राजधानी सउल स्थित पूजा २ रेष्टरेण्टमा सम्पन्न स्वागत तथा भेटघाट कार्यक्रम मार्फत सम्मान हुने खेलाडीहरुमा असिम सेरचन (आर्चरी) प्रेम पुन (आर्चरी) प्रीती तुलाचन (बास्केटबल) अनुषा मल्ल (बास्केटबल) समिचिन बिष्ट (बास्केटबल) सा...मिक्षा नेउपाने (बास्केटबल) रहेका छन । करिव २५ जना थकाली बन्धूहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा थसेस अध्यक्ष भरत तुलाचनको सभापतित्व र थसेस संरक्षक तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष भक्त सेरचनको प्रमुख आतिथ्य रहेको थियो भने बिशेष अतिथिहरुमा कास्की परिवारका अध्यक्ष नबिन गुरुङ ,सल्लाहकार कुल प्रसाद ज्वारचन,सल्लाहकार मल्लिका थकाली , सल्लाहकार सगुन भट्टचन रहनु भएको थियो । कार्यक्रममा थसेस अध्यक्ष भरत तुलाचनले सहभागि खेलाडीहरुलाई सम्मान पत्र प्रदान गर्नुको साथै खाडा ओदयाएर सम्मान गर्नु भएको थियो । मनतब्यको क्रममा थसेस संरक्षक तथा प्रमुख अतिथि भक्त सेरचनले खेलाडीहरुलाई गरिएको यो सम्मानले खेलाडीहरुमा थप हौशला र उर्जा मिल्न सक्ने बिचार ब्यक्त गर्दै आगामी दिनहरुमा सफलता मिल्दै जावस् भन्ने कामना गर्नु भयो ।
कार्यक्रममा शुभ बिजया दशामीको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान गरिनुको साथै उपस्थित महानुभावहरुले अध्यक्षबाट टिका र जमरा ग्रहण गरेका थिए । आईतबार राति अबेर सम्म सम्पन्न कार्यक्रममा उपाध्यक्ष जुना ज्वारचनको स्वागत तथा सचिव सुदन ज्वारचनको संचालन रहेको थियो ।
No comments:
Post a Comment