Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, October 9, 2014

नेपाली संघीय समाज द कोरियाको अधिबेशन हुने

नमस्ते नेपाल कोरिया संवाददाता 
नेपाली संघीय समाजवादी पार्टीको प्रवास भातृ संगठन नेपाली संघीय समाज दक्षिण कोरियाको पहिलो अधिबेशन हुने भएको छ।

    सोलको फुल्ग्वांग एमटियु हलमा हुने अधिबेशन समुदघाटनको लागि संघीय समाजबादी पार्टीको केन्द्रीय अध्यक्ष अशोक कुमार राई र पार्टीकै प्रवास विभागीय प्रमुख आङ् काजी शेर्पा आउने भएका छन्।
     नेपाल एक बहुजातीय,बहुभाषिक ,बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भएको तथ्यलाई आत्मासात गरी राज्यले यहाका आदिबासी, जनजाति,खस समुदाय ,मधेशी ,दलित तथा मुश्लिम लगायत सबै जात -जाति,जनजाति ,भाषा, धर्म , सस्कृति एवंम विविध समुदायलाई सम्मान व्यवहार गर्नुको सटटा उनीहरुमाथि राजनीतिक,आर्थिक ,सामाजिक एवंम साँस्कृतिक भेदभाव उपेक्षा र उत्पीडन गर्दै आइरहेको वास्तविकताले गर्दा नै  नेपाली संघीय समाजवादी पार्टीको जन्म नेपालमा भएको  कोरियाको संयोजक दिपेन्द्र राइले बताए।
     अक्टोबर २६ तारिक आइतबारको दिन, एमटियुको हलमा सम्पन्न  हुने अधिबेशनमा दक्षिण कोरियामा रहेका सम्पूर्ण सामाजिक संघ-सस्था,राजनीतिक संगठन,विभिन्न जातीय तथा क्षेत्रीय सस्थाहरु ,बिधार्थी,पत्रकार ,ब्यापारी ,बुद्धिजीवी साथै मजदुरहरु सबैलाई गरिमामय उपस्थितीको लागि  नेपाली संघीय समाज दक्षिण कोरियाको सँयोजक  दिपेन्द्र राइले अनुरोध गरेका छन्।
  स्थान : फुल्ग्वांग यग,२ नम्बर गेट , (एमटियु को हल )
            ( ट्रेन लाइन ३ )
समय : १२ बजे अपराह्न
मिति : २०१४ -१० -२६ , आइतबार।
सम्पर्क : ०१० -४६३९८११९ , दिपेन्द्र राई

No comments:

Post a Comment