नमस्ते नेपाल कोरिया संवाददाता
"लोक दोहोरी हाम्रो संकार,
रोधीमा नाचौं मनाउँदै तिहार "
भन्ने नाराको साथ कोरियाको दोङ्दुचन स्थित काठमाण्डौं रेष्टुरेन्टमा नेपालीहरुको दोश्रो महान चाड तिहारको शुभ अवसर पारेर "रोधी ब्याण्ड" को प्रस्तुतीमा विबिध नेपाली सांस्कृतिक प्रस्तुति तथा विषेश दोहोरी साँझको आयोजना हुने भएको छ । कोरियामा नेपालीहरुको थकित मनलाई बिभिन्न गीतसंगित मार्फत केहि शितलता प्रदान गर्ने र नेपाली रिति-रिवाज, संस्कृतिलाई बिश्व सामु चिनाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको रोधी ब्याण्डका संगीत संयोजक दिलीप गुरुङले बताउनुभयो । घरपरिवार देखि टाढिएर बिदेश मा रहनेहरु लाइ विशेषगरी चाडपर्वमा घरपरिवारको याद्ले पिरोल्ने र एक्लो महसुस हुने हुँदा नेपाली चाडपर्वमा बिदेश मा आयोजना गरिने यस्ता कार्यक्रम ले अलिकती भएपनि खुशी मिल्ने गरेको ब्यान्डकि गायिका सरु पौड्याल बताउछिन्। तिहारलाई दिपावली, भाई टिका, लक्ष्मि पूजा, अर्थात बत्तिहरुको पर्वले चिनिन्छ । तिहारमा क्रमश: काग, कुकुर, गाई र लक्ष्मि, गोवर्धन र मह: पूजा र भाई टिका गरी पाँच दिन सम्म पनाउने प्रचलन रहेता पनि कोरियामा भने कर्तिक ८(अक्टुवर २५) गते काठमाण्डौं रेष्टुरेन्टमा भाई टिका गरिने र सोही दिन बेलुका देउसी भैलो को साथै दोहोरी साँझ र विभिन्न नेपाली धुनहरु प्रस्तुत गरिनेछ।
ब्यान्ड का संगीत संयोजक दिलिप गुरुङ र गायीका धनु गुरुङ बिगत एक दशक भन्दा बढी लोकदोहोरी क्षेत्रमा लागेर ख्याति प्राप्त दोहोरी साँझ मा अनुभव बटुल्नु भएको छ । गायक अर्जुन गुरुङ आधुनिक गायन बिधा मा B. M. सम्मको शिक्षा हाँसिल गरिसक्नु भएको छ भने बिगत एक दशक देखि दोहोरी साँझ मा गाँउदै आउनु भएको थियो। बाँसुरी बादक शिवन मगर नेपाली क्षितिज ब्यान्ड मा आवद्ध हुनुहुन्थ्यो भने ब्यान्ड का सदस्य हरु सरु पौड्याल , देबेन्द्र छन्त्याल , लक्ष्मी प्रसाद भण्डारी कोरिया आउनु पूर्व दोहोरी साँझमा गाउदै संगीत क्षेत्रमा अनुभव बटुल्नु भएको थियो। यसरी सबै दोहोरी साँझमा अनुभव बटुली सकेको कलाकारहरुको जमघटले नेपाली दोहोरी साँझको झल्को मेटाउने र कार्यक्रम भब्य र सभ्य हुने बताउनुहुन्छ रेस्टुरेन्टका संचालक मनोज डाँगी ।
कार्यक्रमको प्रायोजन काठमाडौ रेस्टुरेन्टले गर्नेछ भने कार्यक्रममा विभिन्न मिस्ठान्न परिकारको साथै ब्यान्डका कलाकारको साथमा आफ्नो इच्छा अनुसारको गीत गाउन सुन्न र नाच्न पाइने छ। कोरियामा नेपाली लोकदोहोरीको प्रचार प्रसार र नेपाली संकृतीको जगेर्ना गर्न रोधी कार्यक्रम गर्न लागिएको आयोजकले बताए । प्रवासमा यसरी पहिलो पटक गर्न लागिएको रोधीमा निम्न मिति, स्थान र समयमा उपस्थितीको लागि निम्न ब्याक्तिहरुलाई सम्पर्क गर्न सकिने जानकारी आयोजकले जनाएको छ ।
मिति: २०१४. १०. २५ तारिक, सनिवार
स्थान: काठमाण्डौं रेष्टुरेन्ट, दोङ्दुचन
समय: शनिवार बेलुका ८ बजे
सम्पर्क
दिलिप गुरुङ् –010) 8686 7717
देवेन्द्र छत्याल –010) 2155 6679
सरु पौड्याल –010) 64481561
मनोज डाँगी – 010) 38171968

No comments:
Post a Comment