Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, September 5, 2014

नेपथ्य र तेरियामय बन्दै कोरिया

 नमस्ते नेपाल कोरिया सम्बाददाता-
कोरियन दशै चुसक नजिकिदै जादा दक्षिण कोरियाको माहोल नेपथ्य र तेरियामय बन्दै गएको नेपाल मगर संघ दक्षिण कोरियाले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए ।

कोरियन हरु बिच आफ्ना पितृ सम्झने,मान्यजन संग शहर बाट गाउँमा भेट्न गइ ढोग अभिबादन गर्ने चाड भए पनि नेपालीहरू बिच भने बर्ष दिनमा आफ्ना साथीहरु भेटी रमाइलो भेला कार्यक्रम गरी खुशी साटासाट गर्ने अवसरको रुपमा यस पर्वलाइ लिइन्छ।नेपाली समुदाय बिच माया,सद्भाव बढाउने क्रममा यहाँ रहेका सक्रिय क्षेत्रिय तथा जातीय संघ संस्थाले चुसक कै अवसरमा बर्षौ देखि नेपाल बाट ख्याति प्राप्त कलाकारहरु बोलाएर बिभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको छ।रमाइलो मात्र नभएर कार्यक्रम बाट आएको नाफा रकम नेपाल अथवा कोरिया मै बिभिन्न सामाजिक सेवा तथा मानवीय दुखमा खर्चिने गरिन्छ।
                                                  यसै क्रममा यसपाली पनि नेपाल मगर संघले नेपालमा रहेका पिछडिएका आदिबासी जनजाति सहयोगार्थ "नेपथ्य लाइभ कन्सर्ट इन कोरिया साथमा लिटल डान्स क्वीन तेरिया"नामक कार्यक्रम आयोजना गरे पछि कोरियामा रहेका नेपालीहरू निकै आतुर र उत्साहित छन्।अन्तराष्ट्रिय स्तर मै ख्याति प्राप्त सांगीतिक समुह नेपथ्य ब्याण्ड र भारतीय टेलिभिजनको जि.टि.भी रियालिटी शो डान्स इण्डिया डान्स बिजेता तेरिया एउटै मञ्चमा उत्रिने भए पछि नेपालीहरू निकै उत्साहित रहेको पाइएको हो।कोरियामा रहेका संघ संस्थाहरुको छाता संगठन नेपाल सम्पर्क समिति द्वारा छनौटमा परेका तिन कार्यक्रम र छनौटमा नपरेको एक कार्यक्रम मध्ये यो नेपथ्य कन्सर्ट र तेरियाको कार्यक्रम सबैभन्दा उत्कृष्ट बन्ने एक अनलाइन सर्बेक्षणले देखाएको छ।सो सर्बेक्षणमा यो कार्यक्रमले मात्र ७०% को हाराहारी भोट बटुलेको छ।पुरानो तर निकै सक्रिय संगठित संस्था भएकोले पनि यो सर्बेक्षण सही भएको संघका बरिष्ठ सल्लाहकार हेम थापा मगर दाबी गर्नुहुन्छ।कार्यक्रम सफल बनाउन करिब ४०० जनाको मुल आयोजक समिति सहित १६ उप समिति बनाइएको छ।जातिय कार्यक्रम नबनाएर नेपाली कै कार्यक्रम बनाउने उद्घोष सहित बिगत दुइ महिना देखि आन्तरिक तयारीमा जुटेकाले यो कार्यक्रम शताब्दीकै उत्कृष्ट बन्ने बरिष्ठ उपाध्यक्ष खड्ग थापा मगर दाबी गर्नुहुन्छ।अत्यन्तै उत्कृष्ट साउण्ड सिस्टम अत्याधुनिक प्रबिधि झकिझकाउ बत्तीहरु क्यामेराहरु प्रयोग हुने हुनाले कार्यक्रम बिगतका कार्यक्रम भन्दा निकै फरक र उत्कृष्ट हुने महासचिव सि.पी.मगरले दाबी गर्नुभएको छ।
                         जन मानसमा टिकट नपाएर कार्यक्रम हेर्न नपाइने हो की?भन्ने पिर शंका उत्तिकै रहेको पनि पाइएको छ। नेपालबाट आउने कलाकारहरुको भिषा टिकट लगायत सबै प्रशासनिक काम सकिसकेकोले निर्धक्क भएर कार्यक्रम हेर्न आइदिनु हुन ब्यबस्थापन प्रमुख झक थापा मगरले आग्रह गर्नुभएको छ।बिशेष स्रोतका अनुसार राजधानी सौल देखि निकै टाढा रहेका जेजु टापु, बुसान, किम्हे, थेजन,थेगु,ख्वाङजुु,मोक्फो,उल्सान लगायत राजधानी नजिक रहेका शहर बाट हजारौँको संख्यामा दर्शक उपस्थित हुने खबरहरु आइरहेकोले एक जुनीमा एक पटक मात्र हेर्न पाइने कार्यक्रम सम्झी निर्धारित समयमै उपस्थित भइदिनु हुन मूल आयोजक कमिटी संयोजक तथा अध्यक्ष पुरन राना मगरले हार्दिक अपिल गर्नु भएको छ।

No comments:

Post a Comment