Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 4, 2014

कोरियाद्वारा ४ नेपाली कामदार पुरस्कृत

 नमस्ते नेपाल कोरिया डट कम 
दक्षिण कोरियाले ४ नेपाली कामदारलाई पुरस्कृत गरेको छ । सामाजिक सञ्जालमार्फत अनुभव उत्कृष्ट लेखन प्रतियोगिताका आधारमा उनीहरू पुरस्कृत भएका हुन् ।  

मंगलबार कोरियाको मानव संशाधन विकास (एचआरडी)अन्तर्गतको ईपीएस कोरिया सेन्टर नेपालका निर्देशक इ दोङ सकले कोरियाबाट फर्की अनुभव लेखन प्रतियोगतामा उत्कृष्ट ४ नेपाली कामदारलाई  पुरस्कृत गरिएको बताएका छन् । रुपन्देहीका हिरामणि भट्टराई उत्कृष्ट अनुभव लेखनबाट पुरस्कृत भएका छन् । त्यस्तै पर्वतका सूर्यप्रसाद न्यौपाने द्वितीय र स्याङ्जाका सुरेन्द्र भुसाल तृतीय पुरस्कारबाट सम्मानित भएका छन् ।
सामाजिक योगदान शीर्षकअन्तर्गत आफ्नो आम्दानीको १ प्रतिशत इँटा भट्टामा काम गर्ने मजदुरका छोराछोरीलाई शिक्षामा खर्च गर्ने अठोट गरेका ट्राभल एजेन्सी व्यवसायी होमनाथ भट्टराईलाई उत्कृष्ट सामाजिक योगदान लेखन पुरस्कार दिइएको छ ।
पुरुस्कृत कामदारले कोरियामा अवैध रूपमा नबसी त्यहाँ सिकेका सीप तथा पुँजीलाई नेपालको आर्थिक विकासमा  सहयोग पु¥याउने हिसाबले अनुभव लेखेका थिए । ईपीएस सेन्टर नेपालका निर्देशक इ दोङ सकले  प्रमाणपत्र प्रदान गर्दै कोरिया जाने नेपाली कामदारले पुरस्कृत हुनेबाट प्रेरणा लिँदै आर्जन गरेको धन र  सीपलाई योजनाबद्ध रूपमा प्रयोग गरी आफूलाई स्थापित गर्नुपर्ने बताए ।
ईपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले कोरियाबाट फर्केका ४ जना नेपाली कामदारले उद्यमी बनेर रोजगार सिर्जना गर्नुका साथै आर्थिक विकासमा टेवा पु¥याएको भन्दै ती युवाको प्रशंसा गरे । “हामीले कोरियाबाट फर्केका कामदारको सीप तथा पुँजीलाई उपयोग गर्न नीतिगत निर्णय गरिसकेका छौं,” उनले भने ।

कोरियाको सीपले ३० लाई रोजगारी
दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारले आफ्नो सीप र पुँजी उपयोग गरेर व्यवसाय सञ्चालन गरी ३० कामदारलाई रोजगारी दिएका छन् । अनुभव लेखनमा उत्कृष्ट  भएका रुपन्देन्दीका हिरामणि भट्टराईले वायरिङका पाइप उद्योग खोलेका छन् । कोरियामा वायरिङ पाइप उत्पादनमा काम गरी फर्केका भट्टराईले ३० जनालाई  रोजगारी दिएका छन । “कोरियाबाट जुन काम मैले  सिकेको थिएँ, त्यही सीप र पुँजी नेपालमा लगानी गरेको छु,” उनले भने । अब विस्तार गरेर ८० जनालाई रोजगार दिने उनको लक्ष्य छ । वायरिङ पाइपको मागअनुसार  उत्पादन नभएकाले उत्पादन विस्तार गर्न लागिएको भट्टराईले बताए ।

No comments:

Post a Comment