Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, September 5, 2014

सामसङले ल्यायो विश्वको सबैभन्दा पहिलो डुअल स्क्रिन स्मार्टफोन

नमस्ते नेपाल कोरिया डट कम 
दक्षिण कोरियाको कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत बुधबार एकैसाथ थुप्रै उपकरणहरु लञ्च गरेको छ ।

जसमा घुम्ने स्क्रिन भएको स्मार्टफोन पनि समावेश छ । घुमाउन मिल्ने स्क्रिन भएका कारण यसमा एकैपटक दुईवटा स्क्रिनहरुको उपयोग गर्न सकिन्छ । ‘ग्यालेक्सी नोट एज’ मा ५.६ इन्चको स्क्रिन रहेको छ र यो दाहिने पट्टि झुकेको छ । कम्पनीका अनुसार यो स्मार्टफोनको बिक्रि सेप्टेम्बर–नोभेम्बरको बिचमा सुरु हुने बताइएको छ । यसमा एकैपटक इमेल र आएको एसएमएस चेक गर्न सकिन्छ ।
समाचारपत्र ‘स्ट्रेट टाइम्स’ का अनुसार, घुम्न सक्ने स्क्रिनमा विभिन्न एप्सहरुलाई नियन्त्रित गर्न सकिन्छ । यसमा मौसम सम्बन्धि सूचना र समाचारको शीर्षक एकैपटक हेर्न सकिन्छ । ग्यालेक्सी नोट एज सामसुङको एक अत्यन्त सफल फ्याब्लेट सामसुङ ग्यालेक्सी नोटको एउटा भिन्न हिस्सा हो ।
थाहा पाउनुस् यसका अन्य विशेषताः
– यसमा ५.७ इन्चको ओलिड स्क्रिन रहेको छ ।
– ग्यालेक्सी नोट एज संसारको पहिलो यस्तो स्मार्टफोन हो जसमा साइड स्क्रिन दिइएको छ ।
– नोट एजमा अनुभवी प्रयोगकर्ताहरुका लागि स्टाइलस पनि दिइएको छ ।
– यसमा १६ जीबि, ३२ जीबि र ६४ जीबि मेमोरी अप्सन दिइएको छ । यसका साथसाथै १२८ जीबि सम्मको मेमोरी बढाउन सकिन्छ । (एजेन्सी)

No comments:

Post a Comment