Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 4, 2014

कोरियाली भूमिमा मोती फलाउने नेपाली हातहरु

अनिल गुरुङ्ग ,दक्षिण कोरिया 
कोरियामा प्रवाशी कामदारहरुको संख्या गत जुन सम्ममा चार लाख ६६ हजार पुगेको छ । 
यसमा नेपालीहरुको अंश भने करीब २५ हजार रहेको छ । प्रवासी कामदारहरु कोरियामा रहेका करीब ६४ हजार साना तथा मझौला कम्पनीमा कार्यरत छन् । क्षेत्रगत हिसाबमा उत्पादनमूलक क्षेत्र तर्फ ८४% कृषि तथा पशुपालन तर्फ ९% कन्सट्रक्सन तर्फ ४.५ % तथा मत्स्य तर्फ २.५% प्रतिशत रहेको छ । नेपाली कामदारहरु २००७ मा नेपाल र कोरिया बीच भएको समझदारी पछि सन् २००८ देखि कोरिया प्रवेश गरका हुन् ।  कोरियामा रहेका नेपाली कामदारहरु मध्ये निकै ठूलो संख्यामा कृषि क्षेत्रमा कार्यरत छन् । कृषिमा पनि खास गरी मिनारी , पशुपालन ( बंगुर,गाई, घोडा, तथा कुखुरा फर्म) च्याउ, तरकारी तथा फलफूल खेतीमा कार्यरत रहेका छन् ।

कोरिया सरकारले कृषिलाई बिशेष प्राथमिकताको क्षेत्रको रुपमा संरक्षण दिएको छ । तसर्थ कोरियाको कृषि क्षेत्रमा कार्यरत प्रवाशी कामदारलाई उत्पादनमूलक क्षेत्र जस्ता सबै सुविधाहरु जस्तैः साप्ताहिक बिदा, अतिरिक्त समय काम गर्ने भत्ता जस्ता बिषयमा कञ्जुस्याई गरिएको छ । यति हुंदा हुंदै पनि कोरियामा रहेका नेपाली कामदारहरु जो कृषि क्षेत्रमा कार्यरत छन्, उनीहरुले आफनो मिहेनत तथा ईमान्दारी तथा अथक परिश्रम गरेर कोरियाली भूमिमा मोती फलाएका छन् । 
कोरियाली कम्पनीहरुको भ्रमण गरेर नेपाली कामदारहरुसंग भेट गर्ने सिलसिलामा मैले यही भाद« महिनाको १८ गतेमा पोछनसि मा रहेका केही कृषि फर्ममा पुगेर त्यस क्षेत्रमा कार्यरत रहेका नेपालीहरुसंग भेट गर्ने तथा उनीहरुको समस्या लगायत विविध बिषयमा जानकारी लिने मौका प्राप्त गरेको थिए भने उनीहरुले जिज्ञासा राखेको विविध बिषयको बारेमा पनि जानकारी गराउने मौका पाएको थिए । यसै क्रममा पोछनसि स्थित सि उन कृषि फर्ममा भेटिए नुवाकोटका अच्युत ,नवलपरासीका टिकाराम  तथा स्यांग्जा कि कल्पना । अच्युत करीब डेढ बर्ष अघि कोरिया छिरेका थिए, टिकाराम ६ महिना अघि मात्र भने कल्पनाको भिसा अवधि पूरा भई अब फर्कने क्रममा रहेकी छन् । 
”कस्तो छ काम” ? उनीहरुको लन्च समयमा म पुगेको थिए । ”ठीकै छ सर । बिहान देखि सांझ अबेर सम्म काम गर्नु पर्छ तर साहु असल छ, समयमा नै तलब दिन्छ र तलब पनि राम्रै छ ” । उनीहरुले खादै गरेको खाना राम्रै लाग्यो र बस्ने स्थान पनि उपयुक्त नै थियो । ७ जना कामदारहरु मध्ये ३ जना नेपालीहरु थिए । कल्पना त्यस कृषि फर्मको मुख्य हर्ताकर्ता थिईन । नेपाली मात्र होईन, अन्य राष्ट्रका कामदारहरु माझ पनि कल्पना आदर र सम्मानको पात्र रहिछन् भन्ने सहजै बुभmन सकिन्थ्यो । ”के के उत्पादन हुन्छ” ? मेरो जिज्ञासामा उनीहरुले मलाई हरित गृहमा लगेर गए । मूला तथा मूलाको साग, रायोको साग, फर्सि, काक्रा, प्याज ईत्यादि के पो थिएन र ? कुनै हरित गृहमा भर्खर छरेका बीउ, कुनैमा हुर्कदै गरेका बेर्ना तथा कुनैमा हुर्कि सकेका तरकारी । ३६ वटा हरित गृहमा
हरिया, ताजा, तरकारीहरुको सागर नै थियो । तरकारी फलाउने मात्रै होईन, टिप्ने, प्याकिंग गर्ने, तथा बजार सम्म पु¥याउने काममा पनि नेपाली कामदारहरुले नै मुख्य भूमिका खेलेका थिए । प्याकिंगमा टिकाराम पोख्त, तरकारी टिप्न सिपालु कल्पना थिईन भने ढुवानी गर्नमा अच्युत उत्कृष्ट । अच्युत ट्रयाक्टर चलाएर जोत्ने काम पनि गर्दा रहेछन् ।  तीन नेपाली तीनै दक्ष र मिहेनेती र उत्कृष्ट । सांच्चै पोछन सि को त्यो माथिल्लो कुनामा रहेको सि उन कम्पनीमा उनीहरुको परिश्रमले कोरियाली धरतीमा शिपका मोती फलेका थिए । ३६ वटा हरित गृहले एउटा ठूलो क्षेत्रफल ढाकेको थियो । प्रत्येक हरित गृहमा टनाटन हरिया तरकारी । पृष्टभूमिमा रहेको हरिया पहाड र कुहिराको झुण्डहरुले मलाई त्यस ठांउ कुनै नेपाली गांउको सम्झना गरायो । त्यही बसी रहु जस्तो लाग्ने । लामो भलाकुसारी भयो । मैले उनीहरुलाई आफनो कामबाट संतुष्ट नै पाए । निकै बेर पछि फर्कने बेलामा उनीहरुका घर बाहिर रोपिएको सयपत्री देख्दा मलाई नेपालको सम्झना आयो । ”कति राम्रो सयपत्री फुलाएका रहेछौ तिमीहरुले” मैले भने । ”भाईहरुलाई तिहारमा माला लगाई दिन भनेर साचेर राखेको हो सर” कल्पनाले भनिन् । गाडी चढ्नै लागेको थिए अच्युतले दौड्दै एउटा प्लाष्टिकको झोला ल्याएर दियो । ”हैन के हो यो” ? मैले सोधे ”फर्सिको मुन्टा र तीते करेला हो सर हजूरलाई” अच्युतले भन्यो । उनीहरुको सम्मान र प्रेमले मेरा आंखा रसाएर आए । हृदय देखि नै भन्न मन लाग्यो ”कोरियाली भूमिमा मोती फलाउने प्रत्येक नेपाली हातहरुलाई मेरो सत् सत् सलाम छ ”।

(लेखक नेपाली दुतबास दक्षिण कोरियाका श्रमसहचारी हुनुहुन्छ )

No comments:

Post a Comment