Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 4, 2014

सेप्टेम्बर ७ मा हुने कार्यक्रम सफल पार्न नेपथ्य ब्याण्ड कोरिया आइपुग्यो

सि.पी.मगर ,दक्षिण कोरिया 
नेपाल मगर संघ दक्षिण कोरिया द्वारा आयोजित आउदो आइतबार सेप्टेम्बर ७ चुसकको पहिलो दिन हुन गइरहेको "नेपथ्य लाइभ कन्सर्ट इन कोरिया साथमा लिटल डान्स क्वीन तेरिया"कार्यक्रममा भाग लिन नेपालकै सर्वाधिक चर्चित सांगीतिक समुह नेपथ्य ब्याण्ड कोरिया आइपुगेको छ।

ब्याण्डका सदस्य, प्राबिधिक, ब्यबस्थापक सहित ८ जनाको जम्बो टोली दिउसो २ बजे मार्फत इन्छन अन्तरराष्ट्रिय बिमानस्थलमा आइपुगेका थिए। बिमानस्थलमा नेपथ्यलाइ स्वागत गर्न संघका संरक्षक अप्त पुन मगर,सल्लाहकार खड्क पुन मगर,अध्यक्ष पुरन मगर,खेलकुद सह-संयोजक नबिन काला मगर,सक्रिय सदस्य आशिष मगरले खादा फूल दिएर स्वागत गरेका थिए।
  संक्षिप्त कुरा गर्दै ब्याण्डका प्रमुख गायक अमृत गुरुङले आफुहरुलाइ निम्ता गरेर तेस्रो पटक दक्षिण कोरियामा आफ्नो धमाकेदार प्रस्तुतिको अवसर जुराइदिएकोमा नेपाल मगर संघलाइ बिशेष धन्यबाद दिनुभएको थियो।गत साल पनि यस्तै समय यस्तै मौसममा लण्डनमा सम्पन्न कन्सर्टलाइ यस पालीको कोरिया कन्सर्टले बिर्साउने बिश्वास गर्नुभएको थियो।अत्यन्तै सक्रिय संस्थाको यो एेतिहासिक कार्यक्रममा उपस्थित भएर भरपुर मनोरञ्जन लिन गुरुङले हार्दिक अनुरोध गर्नुभएको छ।

No comments:

Post a Comment