Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 3, 2014

७ सेप्टेम्बरमा लमजुङ्ग परिवार कोरियाको दशौं अधिवेशन

सुरज गुरुङ्ग |
लमजुङ्ग परिवार द. कोरियाको दशौं अधिवेशन यहि सेप्टेम्बर ७ तारिख कोरियाको महान चाड छुसकको पहिलो दिन हुन गईरहेकोहुदा  लमजुङ्ग जिल्लाबाट विभिन्न पेशा तथा रोजगारको शिलशिलामा कोरिया प्रवेश गर्नु भएका लमजुङ्गबासी तथा लमजुङ्ग परिवारसंग आवद्ध दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ ।


साथै संस्थाको आगामी गतिविधी र संस्थालाई अझ कसरी गतिशिल तथा संबृद्ध बनाउन सकिन्छ भन्ने गहन विचार र सुझाबहरु दिनु हुनेछ भन्ने अपेक्षा गरिएको छ ।


संस्थाले लमजुङ्गको सामुदायिक स्कुलबाट प्रन्येक वर्ष यस.एल.सी. परिक्षामा सर्बोत्कृष्ट अंक ल्याउने छात्र, छात्रा तथा एक जना दलित विद्यार्थीलाई सहयोग गर्ने उद्धेस्यले रु ३ लाखको अक्षयकोष स्थापना गर्न गईरहेको जानकारी गराउनु भएको छ । यहि छुसक सकिन साथ विदामा घर जानुहुने लमजुङ्ग दाजुभाई तथा दिदी बहिनीहरुले लमजुङ्ग कोरिया सम्पर्क समितिमा आवद्ध भई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरेको छ । संस्थाको भावीयोजनाको बारेमा विस्तृत रुपमा छलफल गरिने भएको हुंदा उक्त अधिवेसनमा अनिवार्य उपस्थित भई दिनुहुन सम्पूर्ण लमजुङ्गबासीलाई हार्दिक अनुरोध समेत गरेको छ ।

मिति २०१४ सेप्टेम्बर ७
समय: सांझा ७ बजे
स्थान: लमजुङ्ग परिवारको कार्यलय याङ्गजु सी, सेम्ने
जाने तरिका: लाईन नं. १ को याङ्गजु स्टेसनमा झरेर बसमा ४ स्टप मात्र
सम्पर्क: रुप गुरुङ्ग ०१०–२८९१–६६८९
एक गुरुङ्ग ०१०–४६८९–५३०१
दिलिप धिताल ०१०–२६९१–४१५५
कृष्ण गुरुङ्ग ०१०–८६७२–४८०१
मुनिद्र गुरुङ्ग ०१०–६८७४–८६०२

No comments:

Post a Comment