Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 3, 2014

कोरियामा प्रबासी नेपाली मन्चको अन्तर्कृयात्मक बिचार गोष्ठीको सम्पुर्ण तयारी पुरा ।

नमस्ते नेपाल कोरिया संवाददाता ,
गतिशिल सङठन प्रबासी नेपाली मन्च ( O NF )दक्षिण कोरियाले ९ सेपटेम्बर बिदा को दिन राजधानी सउलमा नेकपा एमालेका उप-महासचिब कमरेड घनश्याम भुसालको प्रमुख आतिथ्यमा सम्पन्न हुने " समृद्द नेपाल नेपाल निर्माणमा हाम्रो भुमिका बिषयक अन्तरकृयात्मक बिचार गोष्ठीको आबस्यक सम्पुर्ण तयारीहरु पुरा गरेका छन्  ।

ओएनएफ कोरियाको केन्द्रिय कमिटि, बुसान , थेगु , थेजन र आन्सानका क्षेत्रिय कमिटिहरु, सल्लाहाकार कमिटिले पनि आफ्नो तयारी पुरा गरेको अध्यक्ष गोबिन्द गाउलेले नमस्ते नेपाल कोरिया डटलाइ बताए । अध्यक्ष गाउलेले बिभिन्न मुख्य राजनैतिक सङठनहरु देखी सम्पुर्ण सामाजिक सङ्घ सस्थाहरुलाइ समयमै निमन्त्रणा गरि सकिएको , यदि कोहि कसैलाइ कुनै कारणबश निम्ता नपुगेको भए यसै  समाचार  मार्फत सम्पुर्ण कोरिया बासी नेपालीहरुलाइ कार्यक्रममा  गरिमामय उपस्थितिको लागि अनुरोध गर्नु भएको छ l

नेता भुषाल बारे केहि कुरा :
नेकपा एमालेका उप-महासचिब घनश्याम भुसाल पार्टी
भित्र मात्र नभएर आम जनसमुदाय बिचमा लोकप्रिय रास्टृय राजनितिज्ञ हुनुहुन्छ ।
कमरेड भुषालले कोरिया आउनु अघि फ्रान्स, स्विजरल्याण्ड, जापान , बेलायत, अस्ट्रेलिया,श्रीलन्का, चाइना र इन्डिया भ्रमण गरिसक्नु भएको छ ।
नेता भुषाल मदन भन्डारीद्वारा प्रतिपादित सिद्दान्त " जनताको बहुदलिय जनबादको ब्याख्याता हुनु हुन्छ ।
भुषालले आफ्नो जिबनकालमा मुल्य, मान्याता ,निष्ठा र इमान्दारिताको राजनितिलाइ स्थापित गराउनु भएको छ ।उहाले २०३४ सालदेखी निरन्तर देश र जनताको पक्षमा राजनिति गर्दै आउनु भएको छ ।कमरेड भुषाल एक कुशल बैचारिक नेता मात्र हैन एक प्रखर बक्ता पनि हुनु हुन्छ साथै बामपन्थी बुद्दिजिबी एबम प्रगतिशिल लेखक पनि हुनु हुनुहुन्छ ।

सभासद देखी मन्त्री सम्म बनेर देशको शासकिय सत्तालाइ समेत नजिक बाट बुझ्नु भएका कमरेड भुषालले त्रिभुवन बिश्वबिद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर (मास्टर डिग्री ) गर्नु भएको छ ।
कामरेड भुषालले समाज परिबर्तन सम्बन्धी केहि पुस्तकहरु पनि लेख्नु भएको छ । जुन यस प्रकार छन:

सन २००३ मा नेपालको अर्थराजनिति : संकटको पुनरुत्पादन र रुपान्तरणको दिशा ।
सन २००५ मा आजको युगमा मार्क्सबादको महत्व ।
सन २००८ मा आजको मार्क्सबाद र नेपाली क्रान्ती ।
सन २००९ मा नेपाली क्रान्तिको कार्यक्रम : जनताको बहुदलिय जनबाद ।
यस बाहेक उहाले धेरै सेमिनारहरुमा आफ्ना समाज परिबर्तन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।साथै बिभिन्न रास्टृय दैनिक पत्रपत्रीकामा सयौ लेख
र स्तम्भमा समेत उहाले कलम चलाउनु भएको छ ।

" समयले कोल्टे फेर्दैछ , राजनितिले नया मोड लिदैछ "
यहि सन्देश बोकेर कमरेड घनश्याम भुषाल कोरिया आउदै हुनुहुन्छ ।त्यसैले आउनु होस यसबर्षको कोरियन चाड चुसोकको बिदाको दिन सेप्टेम्बर ९ मा उहाका गहन बिचारहरु आफु पनि सुनौ र अरुलाइ पनि सुनाऔ ।

कमरेड भुषालका कार्यक्रमहरु
( सेप्टेम्बर ७ - ९ सम्म )

-- सेप्टेम्बर ७ तारिख कार्यकर्ता भेटघाट
-- सेप्टेम्बर ८ तारिख रुपन्देही जिल्लबासि सङ्ग र अन्य नेपाली ब्यक्तित्व एबम सामाजिक अगुवाहरु सङग भेट्घाट तथा बिचार बिमर्श ।
- सेप्टेम्बर ९ मा " सामृद्द नेपाल निर्माणमा हाम्रो भुमिका " बिषयक अन्तर्कृयात्मक बिचार गोष्ठीमा प्रमुख अतिथिको रुपमा मन्तब्य ।

कार्यक्रमको बरेमा सम्पर्क ब्यक्ती र फोन नम्बरहरु:
गोबिन्द गाउले -010 8689 9791
केशब गौतम - 010 4996 4844
सुरेन्द्र आचार्य - 010 5949 1633
रामप्रसाद राइ - 010 4436 9808
दिपेन्द्र अधिकारी - 010 4629 9563
सिवलाल पन्थी - 010 8686 9723
सालिक बसेल - 010 4499 9026
कपिल न्यौपाने- 010 59347429
काजी नेपाल - 010 6464 1511
कमल भट्टराइ - 010 8257 3242
निराजन तिमिल्सिना - 010 64612363
बिकास बुढाथोकी - 010 73551875

ध्रुब पौडेल 010 2183724 बुसान
सुलभ पोख्रेल 010 91089454 सौल
भुमी ताजपुरिया 010 29301614 आन्सान
कृश्ण खड्का 010 59484299 ओइजम्बु
नेत्र चौधरी 010 86729384 "
हरि श्रेस्ठ 010 48376525 थेगु
सन्कर बस्नेत 010 40747227 थेजन
दिल श्रेस्ठ 010 23190269 ह्वासङ
चिरन नेउपाने 010 64488058 फारान 

No comments:

Post a Comment