नमस्ते नेपाल कोरिया संवाददाता
गत सेप्टेम्बर ८ तारिकका दिन खोटाङ्ग सेवा समाज कोरियाले महान चाड छुसकको अवसर पारेर आयोजना गरेको खोटाङ्ग–हलेसी सांगीतिक सौगात भाग ३ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
कोरियाको राजधानी सउलको सङ्गबुक कुकमिन यसङ्ग ह्वागनमा कार्यक्रमको आयोजना गरिएको थियो । “खोटाङ्ग सेवा समाज द–कोरियाको चाहाना, खोटाङ्गको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने भावना” र “राष्ट्र निर्माणमा तपाई हाम्रो साझा अभियान” भन्ने नाराका साथ आयोजित कार्यक्रममा उल्लेखनिय संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपालबाट आएका गायक राजेश पायल राई,मिलन अमात्य ,कोमल वली तथा प्रमोद खरेलले आफ्ना चर्चित गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए ।साथमा गायक राजेश राई, गायिका तयाँहाङ्मा राई, युवा गायक रेवत राई र गायिका शमलाई राईका प्रस्तुतिहरुले पनि दर्शकलाई भरपुर मनोरन्जन दिन सफल भएको थियो ।कार्यक्रममा स्थानीय कलाकारहरु अन्जु, मिना, सन्ध्याको नृत्य, गायक अशोक थुलुङ्ग र सुनाखरी सांगीतिक समुहको पनि बेजोड प्रस्तुति रहेको थियो ।

No comments:
Post a Comment