Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, June 26, 2013

कास्की परिवारलाई तेश्रो बाग्लुङ्ग भलिबल टुर्नामेन्टको उपाधि l

यम श्रीस मगर ,कोरिया l
बिकास,अनुशासन र गतिशिलता भन्ने मुलनारा सहित बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाले आयोजना गरेको तेश्रो बाग्लुङ्ग भलिबल टुर्नामेन्ट २०१३ माङ्गवल्सामा रहेको सिनहोङ्ग युनिभर्सिटीमा यहि जुन २३ तारिख भब्य रुपमा सम्पन्न भएको छ। दक्षिण कोरियामा कार्यरत बिभिन्न संघ संस्थाका १३ वटा भलिबल टिमले सहभागिताजनाईएको प्रतियोगितामा कास्की परिवार गणतन्त्र कोरियाले तनहुँ प्रवाशी समाजलाई कडा प्रतिष्पर्धाको बावजुद १ का बिरुद्ध २ सेटले पराजित गर्दै तेश्रो बाग्लुङ्ग भलिबल प्रतियोगिताको उपाधी जित्न सफलभएको हो।


कोरियाली भुमीमा कार्यरत नेपाली संघ संस्थाहरुको पदाधिकारी तथा नेपाली समुदायको बाग्लो उपस्थिति रहेको प्रतियोगितामा दक्षिण कोरियाका लागि नेपाली  राजदुत कमानसिंह लामाको प्रमुख आतिथ्यमा नेपाली सम्पर्क समिति गणतन्त्र कोरियाको अध्यक्ष  लोचन राई,एनआरएनकोरियाको अध्यक्ष  के.पि सिटौला, नेपालआदिवासी जनजाति महासंघका अध्यक्ष  भक्त शेरचन, नेपालबौद्ध परिवारका अध्यक्ष   ईश्वर गुरुङ्ग लगायत अन्य संघ संस्थाहरुको बिशेष आतिथ्यमा सम्पन्नभएको कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष  तारा के.सी ले गरेका थिए। प्रतियोगिताको ए पोल बाट ६ टिम  स्याङ्गजा एस एम टि,नेपाल मगर संघ,स्याङ्गजा परिवार,तनहुँ प्रवाशी समाज,पर्बत प्रवाशी समाज र बाग्लुङ्ग सम्पर्क समिति खेलेकाथिएभने बि पोलबाट नमस्ते पाल्पा परिवार,एनआर एनकोरिया, म्याग्दी समाज , गुल्मी सम्पर्क समिति ,खोटाङ्ग सेवा समाज, कास्की परिवार र सुदुर पश्चिम समाज खेलेकाथिए। ए पोलबाट स्याङ्गजा एस एम टि र तनहँु प्रवाशी समाज सेमीफाइनलप्रबेश गरेकाथिएभने बि पोलबाट कास्की परिवार र म्याग्दी समाज समिति सेमीफाइनलमाप्रबेश गरेकाथिए। निकै रोचक र कडा प्रतिष्प्रधाको बीचबाट स्याङ्गजा एस एम टि लाई पछि पार्दै तनहँप्रवाशी समाजफाइनलमाप्रबेश गरेको थियो भने अर्को पोलबाट म्याग्दी समाज समितिलाई पछि पार्दै कास्की परिवार फाइनलमाप्रबेश गरेकाथिए।समय अभाबकै कारण तेश्रो स्थानको लागीगोलापोलागरिएको थियो।गोलापोलाकै आधारमा स्याङ्गजा एस एम टिले तेश्रो स्थानप्राप्तगर्दै नगद ३००००० वन पुरस्कार प्राप्त गरेको थियो।त्यसै गरि दोश्रो स्थानप्राप्त गरेको तनहुँप्रवाशी समाजले नगद ६००००० वन पुरस्कार प्राप्त गर्यो भने प्रथम स्थानप्राप्त गरेको कास्की परिवारले नगद १०००००० वन र कप पुरस्कार स्वरुपप्राप्त गरेकाथिए। बेष्टप्येलरको उपाधीभने तनहुँप्रवाशी समाजका खेलाडी जर्सी नं. ८ कामिन राना मगरले नगद १००००० वन र कप सहित हात पारेका थिए। बाग्लुङ्ग सम्पर्क समितिको खेलकुद संयोजक  बिपिन गुरुङ्गको संयोजकत्वमाभलिबलको राष्ट्रिय रेफ्रि केश भक्तगुरुङ्ग र अमित राना त्यसै गरि अन्य रेफ्रिहरु भगवान छन्त्याल,अर्जुन थापा,लोकेन्द्र भट्टचनले खेल संचालन गरेका थिए।
भलिबलप्रतियोगिताको साथमा समाजसेवा र संस्थागतबिकासको लागीभाग्यशालीचिठ्ठाको पनिआयोजनागरिएको थियो।सोहीदिनचिठ्ठाको नतिजापनिप्रकाशनगरिएको थियो।जसमा सान्त्वना पुरस्कार घडि ५ जनाले प्राप्त गरेकाथिए।पुरस्कार पाउनेहरुमा तेजन मल्लचिठ्ठा नं. ०३९३, भुपेन चिठ्ठा नं. ०१३४,प्रेम पुनचिठ्ठा नं.  ०४२६, बालकृष्ण शाहचिठ्ठा नं. ०१६४ र सुकुमशाही ०४२४ रहेकाथिए। त्यसै गरि तेश्रो पुरस्कार एमपिफोर प्राप्तगर्ने चिठ्ठा नं. ०५११ काबलदेब यादव सुवन,दोश्रो पुरस्कार डिजिटल क्यामेराप्राप्तगर्ने हरि भट्टराई चिठ्ठा नं. ००२५ छनान र प्रथम पुरस्कार ल्याप्टप कम्प्युटर प्राप्तगर्ने बिक्रम रानाचिठ्ठा नं. ००३४ स्याङ्गजाका रहेकाथिए। पुरस्कार प्राप्तगर्न बाकी रहेकामहानुभावहरुले १५ दिनभित्र समितिकापदाधिकारी संग अर्धकट्टी रसिद सहित ०१०७६२७२७३० मा सम्पर्क गर्न पनि अनुरोध गरिएकोछ।

प्रतियोगितामा नेपालीखाजा सेल रोटी अचार लगायतका परिकारहरुको पनिब्यवस्थागरिएको थियो। बिभिन्न क्षेत्रबाट आएका साथीहरु संगको भेटघाटमाभलिबल खेलको मनोरन्जन र नेपालीखानाको अनुपनमिलनले लामो समय सम्मकामले थकितज्यानले आरामपनिपाएको आभास पाहिन्थ्यो। प्रतियोगितालाई सफलबनाउनबिभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पुर्ण महानुभाबहरुलाई बाग्लुङ्ग सम्पर्क समितिको तर्फबाट बिशेष धन्यबाद प्रदान गरिएको छ।

No comments:

Post a Comment