Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 10, 2014

कोरियामा रुपन्देहीको रमाइलो लुम्बिनी रमझम भाग २ सम्पन्न

नमस्ते नेपाल कोरिया संवाददाता 
कोरियाको महान चाड छुसकको दोश्रो दिन सेप्टेम्बर ८ तारिकका दिन रमाइलो लुम्बिनी रमझम भाग २ कार्यक्रम  सम्पन्न भएको छ ।
लुम्बिनी अन्चल अस्पतालको सहयोगार्थ रुपन्देही सम्पर्क समिति कोरियाले आयोजना गरेको कार्यक्रममा कलाकारहरु चर्चित गायक हेमन्त शर्मा, चर्चित हास्यब्यङ्ग्य कलाकार जितु नेपाल, लिटिल डान्स क्विन टेरिया मगर, लोकदोहोरी गायक रामजी खाँड, लोकदोहोरी गायिका मन्जु पौडेलले आ आफ्नो प्रस्तुति  देखाएका थिए ।

कार्यक्रममा  यस अघि निर्धारित  एक्स ब्याण्ड आउने भनिएता  पनि प्राविधिक कारणले आउन नसकेपछि उनीहरुको ठाउँमा गायक हेमन्त शर्मा र चर्चित हास्यब्यङ्ग्य कलाकार जितु नेपाललाई ल्याइएको थियो । कार्यक्रममा दर्शकहरुले लिटिल डान्स क्विन टेरिया मगरको नृत्यबाट भरपुर मनोरन्जन लिएका थिए ।त्यसैगरी हाँस्यब्यङ्ग्य कलाकार जितु नेपालको प्रस्तुतिमा दर्शकहरु पेट मिचिमिचि हाँस्न बाध्य भएका थिए । गायक हेमन्त शर्मा, लोक दोहोरी गायक रामजी खाँड र लोक दोहोरी गायिका मन्जु पौडेल को प्रस्तुतिबाट पनि दर्शहरुले भरपुर मनोरन्जन लिएका थिए ।त्यसअघि आयोजित औपचारिक कार्यक्रममा रुपन्देही सम्पर्क समितिले लिटिल डान्स क्विन टेरिया मगरलाई सम्मान गरेको थियो ।

No comments:

Post a Comment