Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 10, 2014

कोरियामा थकाली सेवा समाजको अध्यक्षमा भरत तुलाचन चयन

नमस्ते नेपाल कोरिया संवाददाता 
कोरियाली महान पर्व छुसकको अबसरमा थकाली सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको थसेस कोरियाको सातौ साधारण सभा तथा भेटघाट कार्यक्रमबाट थकाली सेवा समाज दक्षिण कोरियाको अध्यक्षमा भरत तुलाचन चयन भएका छन ।

 गत सेप्टेम्बर ७ तारिख सांझ ८ बजे देखि राजधानी सउल स्थित पूजा २ रेष्टुरेण्मा सम्पन्न सातौ साधारण सभा तथा भेटघाट कार्यक्रममा उपस्थित बृहत थकाली बन्धूहरुको भेलाबाट सर्व सम्मत १५ जनाको कार्य समिति सहित नयां नेतृत्वको चयन गरिएको हो ।

कार्यक्रमको पहिलो चरणमा थसेस कार्यवाहक अध्यक्ष श्रीमति मल्लिका थकालीको सभापतित्व , थसेस बरिष्ठ सल्लाहकार तथा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष श्री भक्त सेरचनको प्रमुख आतिथ्य र थसेस सल्लाहकार दिनेश हिराचनको बिशेष आतिथ्यमा सम्पन्न उक्त भेलाको पहिलो चरणमा संस्थाको बिगतका गतिबिधि तथा भावि रणनितिको बारेमा बिशेष छलफल गरिएको थियो । कार्यक्रममा थसेस बरिष्ठ सल्लाहकार तथा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष श्री भक्त सेरचनले बिभिन्न पेशा तथा ब्यबसायको लागि कोरियाली भूमिमा आई पुगेका हरेक थकाली बन्धूहरुको लागि अपरिहार्य रहेको यस संस्थालाई सबै मिलेर बचाई राख्नु पर्ने बिचार ब्यक्त गर्नु भयो । त्यस्तै, कार्वाहक अध्यक्ष मल्लिका थकालीले सबैले होमा हो गर्दै साथ दिएमा संस्था अगाडी बढ्ने बिचार राख्नु भयो । सल्लाहकार श्री दिनेश हिराचनले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै कोरियाली भुमिमा छरिएर रहेका सम्पूर्ण थकाली बन्धूहरुलाई एकजूट भई साथ दिन आग्रह गर्नु भयो ।

कार्यक्रमको दोश्रो चरणमा सम्पन्न साधारण सभामा थसेस बरिष्ठ सल्लाहकार श्री भक्त सेरचन संयोजक र सल्लाहकार श्री दिनेश हिराचन सदस्य रहेको दुई सदस्सीय निर्वाचन मण्डल गठन गरिएको थियो । सभामा निवर्तमान कोषाध्यक्ष सगुन भट्टचनले संस्थाको हाल सम्मको आय ब्यय बिबरण पेश गर्नु भएको थियो ।
सम्पन्न साधारण सभाबाट चयन भएका १५ सदस्सीय सातौ कार्य समितिको रुप यस्तो छ –
१. अध्यक्ष- भरत तुलाचन,म्याग्दी
२. उपाध्यक्ष- लोकेन्द्र भट्टचन,बाग्लुङ
३. उपाध्यक्ष- सुश्री जुना ज्वारचन,मुस्ताङ
४. सचिव- सुदन ज्वारचन,मुस्ताङ
५. कोषाध्यक्ष- लक्ष्मी सेरचन,बाग्लुङ
६. सह-सचिव- रितु भट्टचन कास्की
७. सह-कोषाध्यक्ष- पूजा भट्टचन कास्की
८. सदस्य- तारा ज्वारचन,मुस्ताङ
९. सदस्य- दिल सेरचन,म्याग्दी
१०. सदस्य- सुगु हिराचन,मुस्ताङ
११. सदस्य- शिब सेरचन,कास्की
१२. सदस्य- शुसिला तुलाचन,बाग्लुङ
१३. सदस्य- दल प्रसाद भट्टचन, म्याग्दी
१४. सदस्य- दिपेश हिराचन,मुस्ताङ
१५. सदस्य- नबिन सेरचन, भैरहवा

No comments:

Post a Comment