Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, May 5, 2014

कोरियामा भलिबल खेलको उपाधि बाग्लुंग सम्पर्क समितिलाई(फोटो फिचर सहित )

सुर्य क्षेत्री ,दक्षिण कोरिया 
सुदुरपश्चिम समाज कोरियाले आयोजना गरेको प्रथम सेती महाकाली खुल्ला भलिवल प्रतियोगिताको प्रथम उपाधी बाग्लुङ संपर्क समितीले हात पार्न सफल भएको छ ।
तनहुँ प्रवासी समाजलाई ठुलो  अन्तरले पराजित गर्दै बाग्लुङले प्रथम उपाधी हात पार्न सफल भएको हो ।  यस अघीका खेलहरूमा कडा प्रतिस्पर्ध हुंदै आएको कास्की परिवार भने तेस्रो स्थानमै चित्त बुझाउनु पर्यो  । यस अघी कतिपयले बाग्लुङ संपर्क समिती र कास्की परिवार बिच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका भए पनि बाग्लुङ सम्पर्क समितीले सहजै २ खेलमै ठुलो अन्तरका बीच पराजित गरेको थियो | यस अगाडीका विभिन्न प्रतियोगिता हरुमा  पनि बाग्लुंग  सम्पर्क  समितिले पटक पटक प्रथम स्थान प्राप्त गर्दै आइरह्र्को छ |  यसरि बाग्लुंग सम्पर्क समिति दक्षिण कोरायामा खेलकुद क्षेत्र  बाहेक पनी समाजसेवामा सबै भन्दा बडी  सक्रिय र आर्थिक रुपमा  पनि अन्य संघ संस्था भन्दा अब्बल संस्थाको रूपमा चिनिन्छ  |यस संस्थाले कोरियामा मात्र नभएर नेपालमा पनि बाग्लुंग जिल्ला भित्र एम्बुलेन्स सेवा लगायत विभिन्न स्कूल ,पुस्तकालय ,अस्पताल तथा प्राकृतिक प्रकोपमा सक्दो सहयोग गर्दै आइरह्र्को छ | यस  संस्थालाई अज दक्षिण कोरिया भित्र रहेका  सम्पूर्ण जिल्ला बासी दाजुभाई तथा दिदि बहिनि हरुलाई समेटेर  सक्रिय र मजबुद बनाऊदै लगिने र  बाग्लुंग जिल्लामा अन्य विकास निर्माणको काम मा पनि सहयोग गर्ने लक्ष्य रहेको समितिका अध्यक्ष तारा के.सी ले जानकारी दिनुभयो |

No comments:

Post a Comment