Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, May 5, 2014

काठमाण्डौं–हेटौडा सुरुङ्मार्गको संस्थापक शेयर सम्बन्धि बृहत सेमिनार सम्पन्न (फोटो फिचर सहित)

निश्चल काउचा -सउल, दक्षिण कोरिया |
कोरियाको राजधानी सउलमा काठमाण्डौं–हेटौडा सुरुङ्मार्गको संस्थापक शेयर लिने सम्बन्धि बृहत सेमिनार सम्पन्न भएको छ । उक्त सेमिनारमा नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष कुश कुमार जोशी , टिबीआई होल्डिङ्सका अध्यक्ष भवन भट्ट कोरियाका लागि नेपाली राजदुत कमानसिह लामा लगायत बिधार्थी , पत्रकार , व्यवसायी र अन्य पेशाकर्मीहरुको बृहत उपस्थिति रहेको थियो ।
यो सुरुङ्गमार्गलाई निकै महत्वकांक्षाका साथ् हेरिएको छ यो परियोजना सम्पन्न भएमा नेपालको आर्थिक बिकासमा ठुलो कायापलट हेन अपेक्षा गरिएको छ । २०१६ को डिसेम्बर भित्र सम्पन्न गर्ने लक्ष्य साथ् द्रुत गतिमा काम भईरहेको यो परियोजना  सम्पन्न गर्न ३५ अर्ब नेपाली रुपैयाँ लागत लाग्ने छ । ५८ किलोमिटर लामो यो सुरुङ मार्ग ४  लेनको हुनेछ । यो द्रुतमार्ग सकिए पछि  काठमाडौंबाट हेटौंडा एक घन्टाभन्दा कम समयमा पुग्न सकिनेछ। यो सडकबाट आवतजावत गर्नेसँग यात्रा दुरी घट्दा बचत हुने जम्मा इन्धनको एकतिहाइ रकम शुल्कका रूपमा उठाइने छ  । यो परियोजना ३० वर्षसम्म नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको स्वामित्वमा रहने छ । समयमै यो परियोजना सम्पन्न भएमा सरकारले बोनस स्वरुप ५ वर्ष थपिदिने सम्झौता समेत भएको छ । त्यस पछि स्वत यो द्रुतमार्ग सरकारलाई हस्तातरण गरिने छ ।
उक्त कार्यक्रममा आफ्नो भनाईहरु राख्ने क्रममा नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष कुश कुमार जोशीले नेपाल नेपालीले बनाउने हो ।  अरु कोहि आएर बनाई दिने छैन । आउनुहोस हामीसंग हातमा हात मिलाएर देश निर्माणको बाटोमा हामी चाहन्छौ यो परियोजनामा सबै नेपालीको स्वामित्व होस् । अहिले विदेशबाट मासिक ४० अर्ब रेमिट्यान्स देश भित्रिने गर्छ तर त्यो पैसा कहा गईरहेको छ? प्रश्न गर्दै उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । त्यसै गरि जापानमा बसेर सफल व्यवसाय गरिरहेका टीबीआई होल्डिंसका अध्यक्ष  भवन भट्टले हामीले विदेश १७ / १८ घण्टासम्म  मेहनत गर्छौ । दु:ख गरेर आर्जन गरेको पैसाको केहि अश देश निर्माणको पवित्र कार्यमा लगानी गर्न आग्रह गर्दै यदि आज हामीले देश निर्माणको कार्यमा लगानी गरे भोलिका हाम्रा सन्ततिले समुन्नत नेपाल देख्न पाउने छन् भन्दै एन.आर.एनहरु देश निर्माणको कार्यमा लगानी गर्न सधै तप्पर रहेको पनि बताए । काठमाडौ-हेटौंडा सुरुङ मार्ग निर्माणको अगुवाइ गरिरहेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडसंग  टीबीआई होल्डिंस जापानले एक अर्ब रुपैयाँबराबरको सेयर केहि समय अघि खरिद गरेको थियो । सोहि क्रममा नेपाली राजदुत कमानसिह लामाले कोरियाको उदाहरण दिदै हिजोको दिनमा कोरियनहरु पनि अरुको देशमा काम गर्न जाने गर्थे उनीहरुले बाहिर गएर कमाएको सिप र पैसा आफ्नै देशमा लगानी गरे अहिले हिजोको अरुले माग्ने कोरिया आज अरुलाई दिने भएको छ । हामीले कोरियाबाट पाठ सिक्नु पर्छ भन्दै कोरियाबाट बार्षिक ३१ अर्ब रेमिट्यान्स पठाउछौ उक्त रकम हामीले घर घडेरी खरिद गर्न र विलासिताको सामान खरिद गर्न खर्चिने गरेको भन्दै उनले पनि उत्पादन मुलक क्षेत्रमा लगानी गर्न जोड दिदै नेपाल सरकारले  झिगाको बोसो झिक्ने तर बगुरको बोसो फाल्ने गरेको ब्यङ्ग गरे ।
उक्त कार्यक्रम सरोज खडकाले संचालन गरेको थिए । सोहि अवसरमा सेयर खरिद गर्न फारम भर्ने ब्यबस्था पनि गरिएको थियो । 

No comments:

Post a Comment