Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, April 19, 2014

कोरियामा ठकुरी समाजले निशुल्क स्वास्थ्य तथा कानुनी परामर्शको सेवा संचालन गर्ने

नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियामा ठकुरी सेवा समाजले आउदो जुन १ तारिकका दिन सउलको नेपाल हाउसमा "निशुल्क स्वास्थ्य परिक्षण तथा कानूनी परामर्श"संचालन गर्ने भएको छ l

 ठकुरी सेवा समाजले यो   "निशुल्क स्वास्थ्य परिक्षण तथा कानूनी परामर्श" कार्यक्रम सउल ग्लोबल माइगे्रन्ट सेन्टरसँगको सहकार्यमा संचालन गर्न लागेका हुन् l  दिउसो  १ बजेदेखि ५ बजेसम्म हुने सो कार्यक्रममा बढीमा ५० जनालाई जाचिने ब्यबस्था गरिएको छ l दक्षिण कोरियामा रहेका नेपालीहरुको स्वास्थ्य समस्या तथा कानुनी कठिनाइलाइ ध्यानमा राखी यो "निशुल्क स्वास्थ्य परिक्षण तथा कानूनी परामर्श" संचालन गर्न लागेको सो संस्थाका अध्यक्ष विक्रम सिंह ठकुरीले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l  अध्यक्ष ठकुरीले कोरियन डाक्टरहरु द्वारा जाचिने  यस निशुल्क स्वास्थ्य शिविरमा नेपाली दोभासेको पनि व्यवस्था गरिएको हुँदा यस  इच्छुक नेपाली साथीहरुले  अग्रिम नाम दर्ता गराइदिनको लागि अनुरोध गर्नु भएको छ l

स्वास्थ्य परिक्षणः 
जनरल चेकअप, रिह्याबिलिटेशन मेडिसिन (विशेष ढाड, नशा र जोर्नीसम्बन्धी), व्यायाम थेरापी, रक्त परिक्षण, अनेमिया परिक्षण, युरिन टेष्ट, ब्लड पे्रसर, मेजरिङ बोन डेन्सिटी कन्ट्रोल तथा निशुल्क औषधी वितरण । बढीमा ५० जनालाई
कानूनी परामर्शः
 तलबी समस्या, दुर्घटना, आपराधिक समस्या, सम्बन्ध विच्छेद जस्ता विषयमा (बढीमा १५ जना)
समयः दिनको १ बजेदेखि ५ बजेसम्म ।

कार्यक्रमको बारे बिस्तृत जानकारी 
 स्थानः नेपाल हाउस, वन्नाम दोङ सागरी
मिति :  आइतबार  १ जुन २०१४ 
समय : दिउसो १ बजे देखि ५ बजे सम्म
सम्पर्कका लागि 
विक्रम सिंह ठकुरी (अध्यक्ष) : ०१०–८६८९–३३३६
मनोज विक्रम शाही (सचिव) : ०१०–८८८२–८५०८
यमन सेन (सदस्य) : ०१०–२३४०–२२३७
संजय गुरुङ ( सउल ग्लोबल माइगे्रन्ट सेन्टर ) : ०१० -५६८३ -९०८० 

No comments:

Post a Comment