Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, April 18, 2014

दक्षिण कोरियामा भएको पानी जहाज दुर्घटनामा कप्तान पक्राउ,मर्नेको संख्या २९

ऐश्वर्य श्रेष्ठ, दक्षिण  कोरिया- 
बैशाख ०६।
दक्षिण कोरियामा पछिल्लो समय भएको पानी जहाज दुर्घटनामा जहाजका कप्तान ली जून–सिओकसंलाई पक्राउ गरिएको छ ।योनहाप  न्यूज एजेन्सीको खबर अनुसार कप्तान ली जून–सिओकले काममा लापरबाही र समुद्री कानुन उल्लंघनको आरोपमा पक्राउ गरिएको हो ।एक स्थानीय अदालतले कप्तान र उनको दुई साथी विरुद्ध पक्राउको वारेन्ट जारी गरेको थियो ।

 अहिलेसम्म मर्ने मानिसको संख्या २९ जना पुगेको  पुष्टि भएको छ।जसमा २ सय ७३ मानिस अझै पनि हराई रहेको र १ सय ७४जनालाई बचाईएको एस. बि. एस. टिभिले उल्लेख गरेको छ । प्तान लीले एक स्थानीय टेलिभिजन मार्फत माफी समेत मागेको बताइएको छ। यसैगरी सेवल जहाजमा ४ सय ७६ जना मानिस रहेको पछिल्लो समयमा उल्लेख गरिएको छ यसअघि ४सय ७५ जना रहेको सञ्चारमाध्यमहरुले जनाएका थिए । सो जहाज दुर्घटना भएको चौंथो दिन शनिबार पनि हराइरहेका खोजीकार्य जारी राखेको एस. बि. एस. टिभिले बताएको छ ।

No comments:

Post a Comment