पशुपतिनाथ मन्दिरमा फोटो खिच्न निषेध छ। अहिले त्यहाँ क्यालकुलेटर जस्ता विद्युतीय उपकरण पनि लान मनाही गरिएको छ। गैर हिन्दुलाई पनि त्यहाँ प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।
तर ४ जना दक्षिण कोरियालीको के ‘मिसन’ थियो कुन्नि, मन्दिरको दृश्य खिचिदिएछन्।
त्यसैगरी उनीहरुले नजिकैको सैनिक स्थलको पनि अनुमति बिना दृश्य खिचेको आरोप छ। काठमाडौँ प्रहरी प्रमुख रमेश खरेलका अनुसार उनीहरुले भिडियो खिच्न हेलिक्याम प्रयोग गरेका थिए। हेलिक्याम भनेको रिमोट कन्ट्रोलबाट उडाउन मिल्ने सानो खालको हेलिकप्टर हो, जसमा क्यामेरा जडान गरिएको हुन्छ।
यो क्यामेराले एरियल अर्थात् आकाशबाट तल हेर्दा देखिने फोटो/भिडियो खिच्ने गर्छ।
उनीहरु हेलिक्यामसहित पक्राउ परेका थिए। यसका लागि उनीहरुले अनुमति भने लिएका थिएनन्। पोखरा र वीरगञ्जमा पनि उनीहरुले हेलिक्यामबाट दृश्य खिचेको आरोप छ।
दक्षिण कोरिया समाचार एजेन्सी योन्हापले जनाए अनुसार पक्राउ पर्ने सउल टेलिभिजन नेटवर्कका तीन जना कर्मचारी हुन्। त्यसमा किम नामका एक प्रोड्युसर पनि छन्। अर्का एक जना भने टुर गाइड हुन्।
ती चार जनालाई प्रहरीले मंगलबार पक्रेको रहेछ। प्रहरीसितको बयानमा उनीहरुले रिमोट कन्ट्रोलबाट चल्ने हेलिक्याम चलाएर सैनिक क्षेत्रको फोटो/भिडियो खिच्ने योजना नरहेको बताएका थिए।
बयान पछि उनीहरुलाई अस्थायी रुपमा छाडिए पनि पछि प्रहरीले बोलाएर सोधपूछका लागि थुनामा राखेको थियो।
योन्हापका अनुसार दक्षिण कोरियाको विदेश मन्त्रालयको ध्यान यसमा आकर्षित भइसकेको छ। मन्त्रालयका प्रवक्ताले यो केस छिटोभन्दा छिटो टुङ्ग्याउन हरसंभव प्रयास गरिने बताए।
उनीहरुले किन मन्दिर र सैनिक क्षेत्रका दृश्य खिच्न खोजे, त्यो भने अनुसन्धानको क्रममा छ।
श्रोत :माइ संसार डट कम
![]() |
| हेलिक्यामको नमूना फोटो |
![]() |
| हेलिक्यामको रिमोट नमूना फोटो |

No comments:
Post a Comment