नमस्ते नेपाल कोरिया संवाददाता -
दक्षिण कोरियन सरकारले आउदो जुलाई २९ देखि लागु हुने गरि हालै ईपिएसको मजदुरहरुको थेजिकम सम्बन्धि नया नियम बनाएको छ ।
थेजिकमको लागि सम्बन्धित मजदुरले कोरियाबाट स्वदेश फर्कन १४ दिन भित्रमा आबेदन दिनुपर्ने दक्षिण कोरियाका प्रवासी मजदुर संघ (एमटियु)का कार्यबाहक अध्यक्ष उदय राइले नमस्ते नेपाल कोरिया डट कमलाई जानकारी दिनुभएको छ । का. अध्यक्ष उदय राइका अनुसार यदि दक्षिण कोरियामा सम्बन्धित मजदुरको मृत्यु भएमा वा आबेदन नदिई स्वदेश फिर्ता भएमा आबेदन दिएको १४ दिन भित्रमा थेजिकगुम पाउने छन ।थेजिकमको लागि ३ बर्ष भित्र आवेदन दिनु पर्नेछ । सो अवधि भित्र आबेदन नदिए थेजिकमको सम्पूर्ण रकम एचआरडि कार्यालयलाई हस्तान्तरण गरिने छ । थेजिकम बापतको रकम स्वदेशमा रहेको खातामा वा इन्छन एयरपोर्टको अध्यायगमन पार गरिसकेपछि थेजिकम बितरण कार्यलयबाट लिन सकिने छ । तर एयरपोर्टबाट लिन असम्भब छ । थेजिकम पाउने अवधिसम्म काम गरि कम्पनी परिबर्तन गर्ने मजदुरको हकमा पनि उहि नियम लागु हुनेछ ।
कोरियन सरकारले बनाएको यस्तो नियमका कारण आउदा दिनहरुमा धेरै मजदुरहरु थेजिकम पाउनबाट बन्चित हुनेछन, समस्या धेरै उत्पन्न हुने छन । सामसङमा नियमित थेजिकगम बापतको रकम नबुझाउने कम्पनीहरु धेरै छन । कम्पनीले थेजिकम नदिएर मुद्धा लगाउदा त पाउन गाह्रो भइरहेको अवस्थामा यस्तो नियम बनाउदा धेरै मजदुरहरुलाइ असर पर्ने सम्भावना धेरै रहेकोले यस नियमको बिरुद्ध वा नियम खारेजीको लागि सबै मजदुरहरु मिलेर आवाज उठाउनुपर्ने एमटियुका का.अध्यक्ष उदय राइले बताए l का.अध्यक्ष राइले यस थेजिकम सम्बन्धि नया नियमको खारेजिको लागि एमटियु ,केसिटियुबाट छिटै नै संबैधानिक अदालतमा मुद्धा दायर गर्ने तथा अन्य मजदुरहरुको हकअधिकार सम्बन्धि बिरोधका कार्यक्रमहरु पनि सार्बजनिक गर्ने पुन बताए l

No comments:
Post a Comment