Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, March 13, 2014

अनेसास दक्षिण कोरिया च्याप्टर गठन

नमस्ते नेपाल कोरिया संवाददाता 

 दक्षिण कोरियामा मार्च ९ तारिक आइतवारका दिन  दोङदेमुनको लुम्बिनी  रेष्टुरेन्टमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरको  गठन गरेको  छ l
अन्तराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरियाका संयोजक तथा आजीवन सदस्य प्रमोद सारंगको अध्यक्षतामा दक्षिण कोरियामा रहेका कवि,साहित्यकार,लेखक र कलाकारहरूको भेलाले लामो अन्तरक्रिया,छलफल विचार बिमर्ष पश्चात् कमलप्रसाद अर्यालको अध्यक्षतामा  १७ सदस्यीय अन्तराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टर गठन गरेको छ l

नेपाली भाषा ,साहित्य ,कलाको सम्मान गर्दै नेपाली साहित्यको सिर्जनात्मक मूल्य स्थापित गर्ने उद्देस्यले  दक्षिण कोरियामा 'अन्तराष्टिय नेपाली साहित्य समाज ' कोरिया च्याप्टर गठन भएको छ l साहित्य जीवन जिउने कला हो, भावनाको अभिव्यक्ति हो ,जीवनको सुख दुख र आवेग संवेगलाई कुनै निश्चित विधाका माध्यमबाट अभिव्यक्त गरिन्छ l जहाँ मानव अस्तित्व हुन्छ त्यहाँ साहित्यका अनेक विधाले उचित वातावरण पाएमा उर्वर देन दिन सक्दछ भन्ने मान्यता अनुरुप यस सस्थाको गठन भएको हो l नेपाली साहित्यको विकासमा प्रवासको देन उल्लेख्य थियो ,मानिन्छ र रहदै आएको कुरा सर्वविदित नै छ l खर्साङ,दार्जलिंग ,आसाम,मेघालय,देहरादून,बनारसले निकै श्रष्टा जन्मायो l आज विस्वभर साहित्य सेवामा अनेक स्रष्टा क्रियाशील छन् अन्तराष्टिय नेपाली  साहित्य समाजले तिनै  ओझेलमा परेका कुना कुन्तरामा लुकेका प्रतिभाहरूको खोजी गर्ने र तिनका अमूल्य कृति   पाठक समक्ष पस्कने  दृढता लिएको छ l एउटा अर्धवार्षिक भएपनि साहित्यिक पत्रिका प्रकाशन गर्ने,फुटकर कविता, गजल,निबन्ध ,कथा  र अन्य विधाको संयुक्त वा एकल संग्रह प्रकाशन गर्ने ,एउटा सानो भए पनि पुस्तकालय स्थापना गर्ने र प्रवासमा भोगिएका पिर व्यथालाई कुनै विधाका माध्यमबाट अभिव्यक्त गर्न कवि गोष्टी र अन्य विविध साहित्यिक कार्यक्रम र गतिविधिलाई निरन्तर सफल पर्ने उद्देस्य राखिएको  छ l
 
  नव गठित यस सस्थाका अध्यक्ष कमलप्रसाद अर्यालको भनाई अनुसार    देशमा भोगिएका अभाव,असफलता ,पिडा,व्यथा र मर्म नै  विदेश पलायनको कारक हुने गर्दछ l हामीसंग अथाह विषयवस्तु छन् तर समय अभाव छ  l अर्काको देशमा  भोगिएका अनेक व्यथा र व्यस्तताका बाबजुद पनि साहित्य कलाका क्षेत्रमा हाम्रो योगदान रहनुपर्छ र यसलाई सस्थागत गर्दै  सहयोग,सद्भाव,सहकार्य,सल्लाह,र सहमतिका माध्यमबाट नेपाली साहित्य चेतना विस्वमाझ पुर्याउनु र विश्व साहित्यका अमूल्य चिन्तनले नेपाली साहित्य भण्डारमा एक मुठी मूल्य थप्ने कार्य अवस्य यस सस्थाले गर्ने नै छ l

नव गठित कार्यसमितिमा पद तथा दायित्व निम्नानुसार रहेको छ l
१-कमलप्रसाद अर्याल   - अध्यक्ष      [चितवन ]
२-प्रमोद सारंग        - उपाध्यक्ष        [बारा ]
३-इन्द्र न्यौपाने   - महा- सचिव       [चितवन ]
४ विदुर  शर्मा    -सचिव               [ बाग्लुंग ]
५- उषा शर्मा    -   कोषाध्यक्ष         [ मकवानपुर ]
६- आर पी देवकोटा  -सदस्य          [ नवलपरासी ]
७-लक्ष्मण ढकाल  - सदस्य            [काठमाण्डौ ]
८ -सुमित्रा मिश्र   - सदस्य             [अर्घाखाची ]
९-सूर्य पन्थी        - सदस्य           [गुल्मी]
१०- शान्ति कार्की  - सदस्य           [गुल्मी ]
११-बाबुराम पोख्रेल    -सदस्य       [ इलाम ]
१२ -डी आर अटु      - सदस्य       [खोटांग ]
१३-सूर्य खत्री         - सदस्य      
१४ - हमाल ठकुरी     -सदस्य        [बाग्लुंग ]
१५- रोशनकुमार  राई  सदस्य       [ भोजपुर ]
१६- सुरेश  नेपाली  -   सदस्य         [ काभ्रे ]
१७ - हृदय  अर्याल   - सदस्य          [ गोर्खा ]  

No comments:

Post a Comment