भरत तुलाचन ,दक्षिण कोरिया -म्याग्दी समाज समिति दक्षिण कोरियाले बिगत बर्षहरुमा झै यस बर्ष पनि २०१४ जुन ८ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक भलिबल खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
म्याग्दी समाज दशौं कार्य समितिको चयन पश्चात सोहि दिन नव नियुक्त अध्यक्ष मुक्त केसीको अध्यक्षतामा बसेको पहिलो बैठकले २०१४ जुन ८ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०१४ को आयोजना गर्ने निर्णय गरेको हो । बिगत १२ बर्ष देखि लगातार आयोजना गर्दै आई रहेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कपलाई यस बर्ष समेत भब्य रुपमा आयोजना गर्ने गरि तयारी गर्ने निर्णय समेत भएको छ । उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई सहयोग गरि दिनु हुन कोरियामा रहेका संघ संस्थाहरुलाई म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ ।
No comments:
Post a Comment