देबेन्द्र सम्बाहाम्फे , दक्षिण कोरिया -
दक्षिणा कोरियाको ग्रामीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नयाँ सामुदायिक अभियान (से-माउल उन्दोङ )राष्ट्रिय परिषदले आयोजना गरेको दुई हप्ते अन्तर्राष्ट्रिय प्रशिक्षक तालिममा १० नेपालीले सहभागिता जनाइरहेका छन् ।
नेपाल सेमाउलका सचिव तिलक कोइरालाको नेतृत्वमा आएको सो टोलीमा चितवनका ६ जना सहकारी किसान, ३ जना स्थानीय शिक्षक, पिप्ले गाविसका प्राविधिक र कोइकाका स्वयंसेवक छाङ उन जङ रहेका छन् ।
परिषद्को मुख्य तालिम केन्द्र ख्यङगीदो सङनाममा मंगलबारबाट सुरु भएको तालिम २४ तारिख सकिने सहभागीले बताएका छन् । नेपाल र मंगोलियाको टोलिले संयुक्त रुपमा तालिम लिई रहेका छ । सहभागीहरुलाई गिम्छन विश्वविद्यालयका प्रा. तथा नेपाल सेमाउलका अध्यक्ष नवराज पन्त लगायत विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुले ग्रामीण विकासमा यस अभियानको अपरिहार्यताबारे जानकारी गराइ रहेका छन् ।
कोरियामा सन् १९३२ मा समाजसेवी कीम योङ कीले 'काम नगर्ने भए बरु खाना नै नखाउ' भन्ने नारासाथ सुरु गरेको यो अभियानलाई सन् १९७० अप्रील २२ मा सरकारी मान्यता दिइएको थयो । कोरियाको आर्थिक तथा सामाजिक बिकासमा सार्थक बनेको यो अभियानले 'गाउँको विकासबाट मात्र देशको विकास सम्भव हुन्छ' भने मान्यतालाई समर्थन गर्दछ । हालसम्म पनि कोरियाको प्रत्येक मन्त्रालयमा नयाँ सामुदायीक बिभाग रहेको छ भने यहाँका प्रत्येक कर्मचारीले यस सम्बन्धी तालिम अनिबार्य लिने गर्दछन् ।
नेपालमा यो अभियान सन् २००३ बाट शुरु भएको थियो भने तालि लिन २००९ बाट नेपाली टोलि कोरिया आउन सुरु गरेको हो ।

No comments:
Post a Comment