Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, March 21, 2014

उत्तर कोरियाले ३० वटा रकेट परीक्षण गर्यो -

नमस्ते नेपाल कोरिया संवाददाता 
   उत्तर कोरियाले शनिबार बिहान  ४ बजे आफ्नो पूर्वी समुन्द्रमा ३० वटा छोटो दुरीका रकेट परीक्षण गरेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।

गत हप्ता पनि  उत्तर कोरियाले ७० किलोमिटर मार हान्ने २५ वटा रकेट परीक्षण गरेको थियो l प्योङयाङले नियमितरुपमै रकेट प्रक्षेपण परीक्षण गर्ने गरेको भएपनि यो संख्या भने अनपक्षितरुपमा धेरै भएको अधिकारीहरुको भनाइ छ l  सउलको  रक्षा मन्त्रालयले उत्तरका रकेट करिव ६० किलोमिटर पर सम्म मार हान्ने क्षमताका रहेको बताएको छ ।

अहिले करिव १३००० अमेरिकी र दक्षिण कोरियाली सेनाले दक्षिण कोरियामा सैन्य अभ्यास गरिरहेको छ ।उत्तर कोरियाले अमेरिका र दक्षिण  कोरियाको संयुक्त  सैनिक अभ्यासलाई कोरियाली प्रायद्वीपमा हमला गर्ने चालवाजीको सज्ञा दिँदै आएको छ । दक्षिण कोरिया र अमेरिकाले गरिरहेको संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले यस्तो कदम चालेको अनुमान गरिएको कोरियन सञ्चार माध्यमहरुले जनाएको छ l 

No comments:

Post a Comment