उषा थपलिया -
समाजमा हुनेखाने वर्ग र हुँदाखाने वर्ग बीचको दूरी झन् बढ्दै गएको छ । उपभोक्तावादी संस्कृतिको व्यापकतासँगै मान्छेमा बढीभन्दा बढी धन कमाउने लालसाले जस्तोसुकै काममा पनि होमिने परिपाटी हुर्कंदो छ । स्वदेशमा जेनतेन जीवन निर्वाहभन्दा अलि माथिको स्थिति हासिल गर्न सकिन्छ कि भन्ने अभिप्रायले आफ्नो ऊर्जाशील अवस्थाको पसिनालाई विदेशी भूमिमा सिञ्चन गर्न जाने नेपाली युवाको संख्या पनि प्रतिदिन बढ्दो छ । प्रत्येक व्यक्ति कमाएर आफ्नो गर्जो टार्ने बाटोको खोजीमा यति तन्मयसाथ लागेको छ कि उसलाई अरु कुरा सोच्ने फुर्सदै छैन ।
तर यी सबैभन्दा बाहेक अधिकांश राजनीतिकर्मीको जीवन फरक छ । ठाँटयुक्त जीवन निर्वाहका लागि पनि तिनलाई कुनै कठिनाइ छैन । न कमाइको लागि श्रमशक्ति खर्च, नत कुनै लगानीको जरुरत, तर पनि वैभवपूर्ण जिन्दगी जिउन हरबखत पुगिरहेकै हुन्छ । भनिन्छ, पूर्णकालीन राजनीतिमा लाग्नु भनेको आफ्नो भएको सम्पत्ति सिध्याउनु हो । त्यसैले जब ऊ राज्यको कार्यकारी तहमा पुग्छ, उसले राजनीति गर्दा आफूले गुमाएको सम्पत्तिको श्रीवृद्धि गर्न सरल र जायजमात्र हैन, बाङ्गाटिङ्गा र अवैधानिक बाटो पनि अपनाउँछ । त्यसपछि भ्रष्टाचार भन्ने शव्दावली उसको नामसँंगै जोडिएर आउने गर्छ ।
हामीले धेरैजना प्रधानमन्त्री र मन्त्रीहरूका नाम यही प्रसंगसँंग्ा जोडिएर चर्चा भएका त सुन्यांै, केही प्रभावशाली मन्त्रीहरूको भ्रष्टाचारसम्बन्धी अभियोग प्रमाणित भएर सो बमोजिम जरिवाना असुल र जेलजीवन भुक्तान गरेको दृश्यका साक्षी भयौं । यद्यपि उनीहरूको मुखबाट आफूले भ्रष्टाचार गरेको स्वीकारोक्ति अझै पनि हुने गरेको छैन । कमाउने ठाउँसम्म पुगेका अगुवा नेताहरूको मात्रै हैन, राजनीतिमा लाग्ने सुरु अवस्थाकै व्यक्तिको पनि समाजमा अरुको भन्दा बेग्लै खाले ठाँटबाँठ देखिन्छ । कमाइको स्रोत स्पष्ट देखिँदैन, तर खर्चको प्रवृत्ति हेर्दा लाग्छ, ऊ राजनीति हैन, करोडौं लगानीको व्यवसाय गरिरहेको छ ।
सम्पत्ति विवरण पेस गर्दा पनि कतिपय नेताले खुलाएका स्रोत हास्यास्पद देखिने गरेको छ । राजनीति गर्ने दौरानमा पार्टीगत मान्यता बमोजिमको बिहे गर्ने जोडीले पनि सुनचाँदी लगायत आफ्नो सम्पत्तिको स्रोतको रूपमा दाइजो, पेवाजस्ता कुरालाई अघि सार्ने गरेको दृष्टान्त धेरै नेताले प्रस्तुत गरिसकेका छन् । आफ्नो बारेको विवरण पेस गर्दा पारिवारिक हैसियत थाहा पाउने जमात पनि छ र कम्तीमा तिनका अगाडि आफू इमानदार हुनुपर्छ भन्ने सामान्य कुरालाई समेत भुल्ने गरेका छन् । श्रीमान-श्रीमती दुवै पूर्णकालीन राजनीतिमा लागेका एक नेतालाई सञ्चारकर्मीले प्रश्न सोधे, 'तपाईहरू दुवैजना राजनीतिमा लाग्नुभएको छ, घर व्यवहार के गरेर धान्नुहुन्छ ?' ती नेताले जवाफमा भने, 'मेरी श्रीमती कैयौं एनजीओ/आईएनजीओका कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्छिन्, त्यसैको आम्दानीले हाम्रो व्यवहार राम्रोसंँग चलेको छ ।' तर राजनीतिक क्षेत्रमा राम्रै पहिचान भएकी उनकी श्रीमती या महिला नेतृ, एनजीओ/आईएनजीओका कार्यक्रममा कार्यपत्र प्रस्तोताको रूपमा क्रियाशील रहेको कुराको भने समग्र एनजीओ/आईएनजीओ क्षेत्र पूर्णतया बेखबर थियो ।
अरु पेसा व्यवसाय अपनाउनेलाई अधिकांशले रातदिन मिहेनत गर्दा पनि जीवन धान्न सधैं धौधौ परेको हुन्छ । तर राजनीति गर्नेहरूको उच्च स्तरको जीवन सजिलोसँंग कसरी धानिने होला ? आफ्ना सन्तानलाई तिनले महँगो र उच्च स्तरको स्कुल र कलेजमै पढाएका हुन्छन् । सर्वसाधारणका छोराछोरीहरू रातदिन मिहेनत गरेर नाम निकाल्न नसकेको ठाउँमा नेताका छोराछोरी भने पहिल्यै भर्ना भैसकेका हुन्छन्, त्यो पनि छुट र निःशुल्कमा । यस्तो हेर्दा लाग्छ, राजनीतिकर्मीका सन्तान विलक्षण प्रतिभा र अरुभन्दा एकदमै फरक मानसिक क्षमता भएका हुन्छन्, त्यसैले जहाँ चाह्यो त्यहाँ उनीहरूको पढाइ सबै कुराले सम्भव भइहाल्छ ।
यस्तै खाले विभेदबाट असन्तोष जन्मन्छ । यही देशका नागरिक, जो अठार घन्टा काममा जोतिँदा पनि हातमुख जोर्ने समस्याबाट ग्रस्त हुन्छन्, स्वदेशभित्र गर्ने ठाउँ नपाएर विदेशी भूमिमा अनेकौं प्रतिकूलताबीच जिन्दगीलाई दाउमा राखेर संघर्ष गर्ने पनि यही समाजभित्र छन्, अनि कुनै दुःख नगरी वैभवपूर्ण जीवन जिउने पनि यहीं छन् । झाडापखालाको उपचार नपाएर मर्ने यहीं छन्, अनि सामान्य विसञ्चोमा पनि विदेशकै अस्पताल नधाई नहुने यहीं छन् । यसैको कारण राजनीतिकर्मीप्रति आम जनताको सम्मान र स्नेह नजागेको हो ।
यसो भन्दैमा राजनीतिक क्षेत्रका सबै व्यक्ति एउटै कोटीका छन् भन्न खोजिएको हैन । घरपरिवारको सिर्जनासमेत नगरी राजनीतिमै जीवन अर्पण गर्ने नेताको यहाँ कमी छैन । उच्च पद र अवसर पाउँदासमेत राज्यले बनाइदिएको आश्रममै जीवन त्याग गर्ने नेता हाम्रै परिवेशमा छन् । आदर्शको जगमा राजनीति गर्ने र जीवनभर डेराकै जिन्दगी स्वीकार्ने नेता पनि हाम्रै अगाडि छन् । तर राजनीतिक परिवेशमा थोरै रहेका असल पात्रको अस्तित्व नरहनेगरी खराब पात्रको व्यापकता बढ्दो छ ।
साभार: कान्तिपुर

No comments:
Post a Comment