Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, March 10, 2014

कोरियामा नेपाली महिलाहरुले मनाए १०४ औं नारी दिवस ( फोटो फिचर सहित )

रमेश खावाजु ,दक्षिण कोरिया l
दक्षिण कोरियामा मार्च ९ तारिक आइतबारका दिन दोङदेमुनमा  महिलाहरुको साझा संस्था वोमन फर वोमनद्वारा  आयोजित  १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न भएको छ l
अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले समान काम, समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले नारी दिवस  मनाउने गरिन्छ । यस बर्ष पनि मार्च ८ तारिकका दिनमा नेपाल लगायत बिश्वभरका महिलाहरुले   नारीको हकहित, चेतना र समानता लगायत विभिन्न महिला अधिकारका बिषयहरु समेटी  कार्यक्रमहरु गरि १०४ औं नारी दिवस मनाइसकेका छन् l
त्यस्तै मार्च ८ तारिकमा नारीदिवस भएतापनि दक्षिण कोरियामा रहेका नेपाली महिलाहरु भने ९ तारिक आइतबार सार्बजनिक बिदाको समय मिलाएर नारी दिवस मनाएका छन् l सउलस्थित  दोङदेमुनको शुभेक्षा रेष्टुरेन्टमा दिउसो ४ बजे  सुरु भएको नारी दिवसमा कोरियाका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा महिला दिदिबहिनीहरु करिब ५० जना सहभागी भएका वोमन फर वोमनका कोषध्यक्ष सन्ध्या बुद्धाचार्यले  बताइन्   l कार्यक्रममा प्रमुख अतिथि कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा पत्नी इन्द्रमाया तामाङ,  तथा अतिथिहरु  महिलाका लागि महिलाकी सल्लाहकार लक्ष्मी गुरुङ , एनआरएनका अध्यक्ष  बिनोद कुँवर ,एनसीसी कोरियाका अध्यक्ष लोचन राई, जनजाति महासङ्घ कोरियाका अध्यक्ष भक्त शेरचन, श्रम सहचारी अनिल गुरुङ लगायत अन्य अतिथिहरुले पनि आ-आफ्नो धारणाहरु  राखेका थिए । सचिव विमला श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मल्लिका थकाली श्रेष्ठले स्वागत मन्तब्य तथा  अध्यक्षता संस्थाका अध्यक्ष जुनु गुरुङले गरेकी थिइन् ।
नेपाली महिलाहरु तथा कोरियाबासि नेपालीहरुको  बाक्लो उपस्थिति रहेको सो कार्यक्रम करीब ७ बजे सम्ममा चलेको थियो l कार्यक्रमलाइ सफल बनाउन सहभागी हुनु संघ संस्थाका प्रतिनिधिहरु ,नेपाली दिदिबहिनीहरु तथा कोरियाबासि नेपालीहरुलाइ संस्थाका अध्यक्ष जुनु गुरुङले धन्यबाद ब्यक्त गरिन  l

No comments:

Post a Comment