Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, March 11, 2014

नेपाल योङ स्टार ग्रुपले दिनेश कायस्थलाइ सम्मान तथा बिदाइ गर्यो

रमेश खावाजु - सउल ,दक्षिण कोरिया l
नेपाल योङ स्टार ग्रुप कोरियाले मार्च ९ तारीक आइतबारका दिन सउलमा    संस्थाका कोषाध्यक्ष  दिनेश कायस्थलाइ  सम्मान तथा बिदाइ गरेका छन् l
राजधानी सउलको  दोङदेमुनस्थित लुम्बिनी रेष्टुरेन्टमा बिहान १२ बजे  सम्मान तथा बिदाइ कार्यक्रम सुरु भएको थियो l कार्यक्रममा नेपाल योङ स्टार ग्रुपका कार्यसमितिका पदाधिकारीहरु तथा अन्य सहभागी नेपाली साथीहरुले पनि  दिनेश कायस्थलाइ खादा ओढाई सम्मान गरेका थिए l कोषध्यक्ष दिनेश कायस्थले कोरियामा परोपकारी कार्यमा  अग्रणी भूमिका निभाएका नेपाल योङ स्टार ग्रुपको  स्थापनाकाल देखि  हरेक गतिबिधिहरुमा सक्रिय भइ योगदान दिएबापत सम्मान गरेको संस्थाका कार्यबाहक अध्यक्ष लोक लामाए बताए l करिब ३ बजे सम्म भएको सम्मान तथा बिदाइ कार्यक्रममा  संस्थाका पदाधिकारीहरु तथा चितवन सम्पर्क समितिका अध्यक्ष कमल प्रसाद अर्याल ,नेपाल गोर्खा परिवारका उपाअध्यक्ष राजेन्द्र श्रेष्ठ , काभ्रे सम्पर्क समितिका अध्यक्ष मन महेश भुजेल तथा नेपाल पत्रकार महासंघ कोरिया शाखाका सदस्य मिङमार लामा सहभागी भएका थिए l  दिनेश कायस्थ मार्च १० तारिकमा आफ्नो भिसा अबधि  समाप्त गरि सोमबारका दिन नेपाल फर्किसकेका छन् l

No comments:

Post a Comment