उत्तर कोरियामा सर्वोच्च जनपरिषद् अर्थात संसदका लागि हिजो भएको निर्वाचनमा नेता किम जोङ ऊन निर्विरोध निर्वाचित भएका छन् । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनले किम ‘माउण्ट पाकेटु’बाट शतप्रतिशत मत ल्याएर निर्वाचित भएको जनाएको छ ।
यो चुनावी नतिजाले किमप्रति जनताको पूर्ण समर्थन दर्शाउने जनाएको छ । उत्तर कोरियाको संसदका लागि भएको निर्वाचन रवर स्ट्याम्प संसदको ६ सय ८७ सदस्यका लागि भएको थियो ।
मतपत्रमा केबल हुन्छ र हुन्न भन्ने मात्र विकल्प र एउटा जिल्लामा एक जना मात्र उम्मेदवार रहेका थिए । सन् २०११ मा किम जोङ इलको निधनपछि उनका छोरा किम जोङ उनले सत्ता सम्हाले पछिको यो पहिलो निर्वाचन हो ।
सन् २००९ को निर्वाचनमा ९९ प्रतिशत मत खसेकोमा उठेका सबै उम्मेदवारहरुको पक्षमा मत खसेको थियो । (एजेन्सी)

No comments:
Post a Comment