Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, March 19, 2014

बाग्लुङ्ग सम्पर्क समिति कोरियाले जुलाई ६ मा भलिबल प्रतियोगिताको आयोजना गर्ने

यम श्रीस मगर ,दक्षिण कोरिया -
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाको नियमित बैठक समितिको अध्यक्ष तारा के.सीको अध्यक्षतामा यहि मार्च १६ तारिख नमस्ते ईन सउल दोङ्गदेमुन मा बसि बिबिध बिषयमा छलफल गरि निर्णय गरिएको कुरा सचिब भगबान छन्त्यालले बताएका छन्।

१.बर्षनै आयोजना गर्दै आएको भलिबल प्रतियोगिताको चौंथो श्रृङ्गखला यस बर्षको लागी २०१४ को जुलाई महिनाको ६ तारिख आयोजना गरिने निर्णय भएको छ। यस सम्बन्धि थप जानकारी अर्को सूचनामा प्रकाशन गरिने भएको छ।
२.यस समितिद्धारा २०१२ मा आयोजित धौलागिरी सांगीतिक सौगात भाग २ को उद्देश्य अनुसार बाग्लुङ्ग जिल्लाको दुर्गम क्षेत्रमा शैक्षिक बिकास गर्नको लागि बोङ्गादोभान गा.बि.स मा रहेको जन जागृति उच्च मा.बि मा यस समिति को रु ५००००० पांच लाख सहयोग तथा सोहि क्षेत्रका साथीहरुको पहलमा आवश्यक थप रकम समेत संकलन गरि २ कोठे पक्की भवन २०७१ को असार सम्म  निर्माण गरिनेछ। जसबाट आसपासमा रहेका ४ गा.बि.स का उच्च मा.बि मा अध्ययन गर्ने बिद्यार्थीहरुले शैक्षिक सुबिधा पाउनेछन्।
३.भबितब्य, आपतकालिन अवस्था तथा दैबि प्रकोप र प्राकृतिक प्रकोपमा नेपाल रेडक्रस सोसाइटिको सेवा अतुलनिय छ।दीन दुखी र आपतकालिन अवस्थामा रहेका बिरामीहरुलाई एमबुलेन्स सेवा प्रदान गर्दै आएको रेडक्रसको बाग्लुङ्ग जिल्ला शाखाको एमबुलेन्स मर्मत गर्नको लागि यस समिति बाट रु ५०००० र समितिका सल्लाहकार शुवास लामिछानेको बिशेष पहलमा रु २५००००।०० अर्थात ३०००००।०० तिन लाख रुपयां सहयोग स्वरुप १ महिनामा हस्तान्तरण गरिने भएकोछ।
४.किम्हे र बुसान क्षेत्रमा दुख बिरामी तथा भैपरि आउने समस्यालाई तत्काल सेवा प्रदान गर्नको लागि बाग्लुङ्ग सम्पर्क समितिको आपतकालिन राहत कोषबाट उपाध्यक्ष के.बि पुन को जिम्मामा रहने गरि १००००००।०० दश लाख वन बिनियोजन गरिएकोछ। साथै सोही क्षेत्रमा रहेका बाग्लुङ्गबासीहरुको सदस्यता बापतको १ लाख वन संकलन गर्ने अधिकार पनि के.बि पुनलाई जिम्मा दिईएकोछ।
५.बाग्लुङ्गका ४ जना बिरामी हरुलाई उपचारमा सहयोग गर्नको लागि केहि आर्थीक सहयोग प्रदान गर्ने निर्णय भएकोछ।
क. कोरियामा काम गर्दा गर्दै दुर्घटनामा परि देब्रे हात मेशिनमा परि हत्केलानै काम नलाग्ने भएको र अहिले पनि उपचारको क्रममा रहेका बाग्लुङ्ग पैयुथन्थाप गा.बि.स का दिपक पौडेललाई आपतकालिन राहत कोषबाट २ लाख वन सहयोग गर्ने र अन्य साथीहरुबाट थप रकम संकलन गरि सहयोग गर्न पहल गर्नको लागि समितिका सदस्य राम प्रशाद शर्मालाई जिम्मा दिईएकोछ।
ख.बाग्लुङ्ग भीम पोखरा का बोन्ड क्यान्सर पिडित रेशम आले मगर लाई उपचारमा सहयोग गर्नको लागि समितिबाट १ लाख वन र थप रकम संकलन गर्नको लागि नगेन्द्र थापा मगरलाई जिम्मा दिइएकोछ।
ग.बाग्लुङ्ग रेशका मृगौलाका बिरामी शुश्मा कार्कीलाई उपचारमा सहयोग गर्नको लागि समितिबाट १ लाख वन र थप रकम संकलन गर्नको लागि समितिका अध्यक्ष तारा के.सी लाई जिम्मेवारी दिइएकोछ।
घ.बाग्लुङ्ग धुल्लुबास्कोटका मृगौलाका बिरामी दिलमाया थापालाई उपचारमा सहयोग गर्नको लागि १ लाख वन प्रदान गरिने भएकोछ।

No comments:

Post a Comment