कमलप्रसाद अर्याल ,दक्षिण कोरिया -
चितवन सम्पर्क समिति दक्षिण कोरियाले संचालन गरेको चितवन घर अनेक समस्या र चुनौतिकासाथ संचालन हुदै आएको छ l दक्षिण कोरियामा नेपाली साथीहरूले भोग्दै आएको प्रमुख समस्या भनेकै काम छोडेका बेला बस्ने खाने समस्या पनि एक हो l दुर्घटनाको सम्भावना , धुलो धुवा , केमिकल र मानव हिंसाका व्यवहारले दुखित भएको अवस्थामा काम छोड्नु पर्ने बाध्यता सिर्जना हुन्छ नै यहाँ रहने सबै मीत्रहरूले भोगेको कुरा हो l काम भएको बेला कम्पनीले खान बस्न दिने भएकाले काम खोज्ने अवधिका निम्ति मात्र होटल मोटलमा बस्न पनि सम्भव छैन l चर्चबाट संचालित सेल्टरहरूमा पनि अत्यन्त चापका कारण बस्न समस्या हुने र त्यहाको नीति निर्देशन अनुरुप चाल्नुपर्ने कुरा हामीलाई अवगत भएकै कुरा हो यस्तो अवस्थामा चितवन घर अपरिहार्य आवस्यकता हो तर हामीले अनेक समस्या र चुनौति झेलिरहेका छौ l चितवन घर नामकरण गरिए पनि नेपालको हरेक नागरिक यस घरबाट लाभान्वित हुँदै आएका छन् l हाल यस घरमा आठ जना साथीले सेवा उपभोग गर्दै आएका छन् l यस घरको संचालनलाई सहज बनाउन निवर्तमान अध्यक्ष राजन श्रेष्ठको संयोजकत्वमा चितवन घर संचालक समिति गठन भएको छ l अत्यन्त झुझारू समाजसेवाको भावनाले अत्यन्त क्रियाशील सदस्य युवराज श्रेष्ठ अचानक नेपाल फर्कनाले पनि हामीमाझ थप भार थपिएको हो l हतारमा नेपाल प्रस्थान भएकाले चितवन सम्पर्क समितिले विदाई कार्यक्रमसमेत राख्न सकेन l संचालक समितिका सदस्य छनान स्थित काली रेष्टुरेन्ट संचालक गोविन्द पंगेनीबाट पर्याप्त भौतिक सहयोग हुदै आएको छ वहाँप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु l यसरी निरन्तर चितवन घर संचालन र सस्थाको कोष शसक्तीकरणमा अहोरात्र चिन्तनशील उपाध्यक्ष डम्बरबहादुर राना र कार्य समितिका क्रियाशील साथीहरूकोक्रियाशीलताबाट नै चितवन घर स्थापना सम्भव भएको हो l सर्वत्र स्वागतयोग्य कार्य भनी प्रसंसा सुनिए पनि आर्थिक बोझले दविएको यथार्थ लुकाएर लुक्दैन l सो सम्बन्धमा आगामि आइतवार २३ मार्च २०१४ दिनको १२ बजे बृहद भेला तथा सामुहिक बैठकको निर्णय गरिएको छ l
दक्षिण कोरिया स्थित के इ बि बैंकले गत महिना ३ बोरा चामल उपलब्ध गराएकोमा पहल गरिदिने सुरेश लिम्बू ज्युलाई हार्दिक धन्यवाद दिन चाहन्छु आगामि दिनमा पनि यो सहयोग निरन्तर पाउन सकियोस् भन्ने अपेक्षा गर्दछु l आवस्यक कपडा, भाँडा ,र आर्थिक सहयोग उपलब्ध गराउन यहाँ स्थित सम्पूर्ण सस्था र मीत्रहरूमा आग्रहसमेत गर्दछु l चितवन सम्पर्क समितिलाई कोष सशक्तीकरण अभियान अन्तर्गत सहयोग गर्नेछु भनी बोल कबोल गर्नुभएका महानुभावले पनि यथासक्य सहयोग रकम जम्मा गरी सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछु l
चितवन घर हामी नेपाली समुदायको अपरिहार्य आवस्यकता र समस्यामा परेका मजदुर साथीहरूको हीतमा केन्द्रीत भएकाले हरेक सस्था र व्यक्तिबाट प्रत्यक्ष परोक्ष सहयोग मिलोस् भन्ने आग्रह समेत गर्दछु l अब आउदो आइतवार सम्पूर्ण कार्य समितिका साथीहरू सल्लाहकारज्यूहरू शुभ चिन्तक ,सहयोगी मित्रहरू र चितवन वासी दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थिति जनाइदिनुहुन बिनम्र अनुरोध गर्दछु l छनान बस टर्मिनल नजिकको काली रेस्टुरेन्टमा जम्मा भई चितवन घर मै गएर बैठक संचालन गर्ने व्यहोरा समेत अवगत गराउन चाहन्छु l सहयोग गर्न चाहने व्यक्ति र सस्थाले कोषाध्यक्ष दिलकुमार श्रेष्ठको नाममा रहेको के इ बि 620207814 078खातामा सहयोग रकम पठाउन सक्नुहुनेछ l यहाको सहयोग पारदर्शी ढंगले प्रस्तुत गरिने छ र सहयोग गर्ने दाताहरूको सस्थाले उचित मूल्याकन र सम्मान अवस्य गर्नेछ l थप जानकारी र जिज्ञासाका निम्ति टेलिफोन सम्पर्क गर्न सकिन्छ l अध्यक्ष -कमलप्रसाद अर्याल ,१०४८८३०८५७ , उपाध्यक्ष -डम्बरबहादुर राना ०१०६६०३६७१४ सचिव -दुर्लभ बन्धु पोखरेल ०१०८६९९१२१६ कोषाध्यक्ष- दीलकुमार श्रेष्ठ ० १०२३१९०२६९ मा सम्पर्क गरी समस्या सुनाउन ,सहयोग लिन र सहयोग दिन सक्नुहुनेछ l
कोरियामा रहेका हामी नेपालीको साझा समस्या र चासोको विषय भएकाले दिन खोलेर सहयोग गरी समस्या समाधानमा हातेमालो गर्न विनम्र अनुरोध गर्दछु l

No comments:
Post a Comment