Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, March 20, 2014

ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजीत (फोटो फिचर सहित )

नमस्ते नेपाल कोरिया -

नेपालले बंगलादेशको चटगाउँस्थित जहुर अहमेद चौधरी स्टेडियममा भएको ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा अफगानिस्तानलाइ  ९ रनले पराजित गरेको छ l
टस हारेर पहिले व्याटिङ गरेको नेपालले २० ओभर खेल्दै ५ विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो । नेपालका लागि ओप्नर व्याट्सम्यान सुवास खकुरेलले सर्वाधिक ५६ रन बनाए ।  यस्तै सरद भेष्वाकरले ३७ रन जोडे भने ज्ञानेन्द्र मल्लले २२, सागर पुन ८ र कप्तान पारस खड्का एक रन बनाएर पेभिलियन फर्के । विनोद भण्डारी ४ तथा नरेश बुढाऐर २ रनमा अविजित रहे ।
१ सय ४२ रनको चुनौति पछयाउने क्रममा  अफगानिस्तानले ८ विकेट गुमाएर एक सय १३२ रन मात्रै जोड्न सक्यो lअफगानिस्तानलाई हराउन नेपालका लागि जितेन्द्र मुखियाले ३ विकेट, शक्ति गौचन र  सोमपाल कामीले दुई-दुई विकेट  तथा बसन्त रेग्मीले एक विकेट लिएका थिए l ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिएका जितेन्द्र मुखिया प्रतियोगितामा म्यान अफ दी म्याच घोषित भए । आज हुने अर्को खेलमा हङकङले  बंगलादेशलाई भारी अन्तरले पराजित गरेको खण्डमा नेपाल सुपर टेन प्रवेश गर्ने छ

No comments:

Post a Comment