Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, March 18, 2014

दक्षिण कोरियाको थेगुमा एक नेपालीको मृत्यु

निकुञ्ज तिवारी - सउल,दक्षिण कोरिया -
दक्षिण कोरियामा हिजो विहान (सोमबार) एक नेपालीको मृत्यु भएको छ । थेगुस्थित वेएगान इल्फोङ नजिकै मोवाइलको हाउजिङ कम्पनीमा कार्यरत अशिम ताम्राकारको सुतिरहेको अवस्थामा मृत्यु भएको बताइएको छ ।

खोटाङ्गको दिक्तेलबाट करिब १९ वर्ष अगाडि रोजगारीका लागि कोरिया आएका ४० वर्षिय ताम्राकारको मुटुको गति रोकिएर मृत्यु भएको स्थानिय अस्पतालले जनाएको संगै कार्यरत मृतकका ज्वाई दिपक महतले बताए । करिब २ वर्ष अगाडि इपिएस मार्फत आएका महत ३ महिनादेखि संगै कार्यरत थिए ।

‘दुई महिनापछि नेपाल ‘घर’ जाने तयारी गरिरहनुभएको थियो । उहाँ १९ बर्षदेखि घर जानुभएको  थिएन । अकस्मात् हिजो यस्तो घटना भयो ।’ नाताले ज्वाई महतले भने ‘मेरो रात्रीको काम उहाँको दिउँसोको काम थियो । बेलुका खाना खाएर म काममा गएँ, दाई बिहान नउठेपछि कम्पनी व्यवस्थापकले बोलाउन पठायो । उहाँले ढोका भित्रबाट बन्द गर्नुभएको रैछ । ढोका फोरेर भित्र हेर्दा उहाँ सुतेको सुतै हुनुहुन्थ्यो । हिटरको तापले कोठा गुम्म थियो । झ्याल–ढोका बन्द थियो ।’

नाताले ज्वाई पर्ने दिपक महतका अनुसार जेठान मृतक अशिम ताम्राकार ११ वर्षदेखि उक्त कम्पनीमा कार्यरत थिए । सो कम्पनीमा नेपाली उनिहरु दुई जनामात्र कार्यरत थिए ।

घटनाको औपचारिक जानकारी नेपाली दूताबासले परराष्ट्र मन्त्रालयलाई मंगलबार बिहान पठाइसकेको श्रम सहचारी अनिलकुमार गुरुङले जानकारी दिए । अविवाहित मृतकका आमा, भाइ र दुई बहिनी छन् ।


No comments:

Post a Comment