रोशन राई-ओसान ,दक्षिण कोरिया -
मार्च ९ तारिक आइतबारको दिन दक्षिण कोरियाको ओसान सेल्टरमा ११ सदस्यीय प्रवासी मजदुर संगठन एम टि यु को ख्यङ्गिदो ओसान कमिटीको पुनर्गठन भएको छ ।
प्रवासी मजदुर सँघ दक्षिण कोरियाले बिभिन्न मुलुकहरुबाट श्रम गर्न कोरिया भित्रिएका प्रवासीहरुको श्रम सम्बन्धी मुद्धाहरु न्यायिक रुपमा बिगत लामो समयदेखिनै उठान गर्दै संघर्षको कार्यक्रमहरु गर्दै आईरहेको छ। यिनै बिभिन्न समस्याहरुको समाधान भनेको प्रवासीहरुको एकता ले मात्रै सम्भव हुन्छ भन्ने कुरा को जानकारी पश्चात ओसान कमिटी निक्कै उत्साहित रुपमा गठन भएको छ।
उक्त नयाँ कमिटी,एम टि यु का अध्यक्ष तथा कोरियन ट्रेड युनियनका केन्द्रिय सदस्य उदय राइ को बिशेष उपस्थितिमा सम्पन्न भएको हो । ओसान कमिटी पहिले नै भएको थियो तर बिभिन्न कारणले सकृय हुन नसकेको र बिभिन्न समस्याहरु बिदेसी श्रमिकहरुले निरन्तर भोग्नु परिरहेको अवस्थाको मुल्याङ्कन गर्दै नयाँ कमिटी गठन गरिएको हो ।
आइतबार दिउसो ४ बजे बाट सुरु भएको उक्त कार्यक्रममा बिभिन्न स्थानबाट नेपाली युवाहरु भेला भएका थिए भने कार्यक्रम साझ ८ बजेसम्म भएको थियो। कार्यक्रममा उपस्थित श्रमिकहरुको समस्याहरु र समाधानको उपायहरु को बारेमा धेरै बेर छलफल चलेको थियो भने" मजदुरहरुको एकता ले नै सबै समस्याहरु निराकरण हुँदै जान्छ तर आफ्नो अधिकार को लागि लड्न डराएर पछी हटेकै कारण आज कोरियाको कम्पनिहरुले यहाँसम्मको दु:ख दिदै आइरहेको हो " उदय राई ले भन्नु भयो ।
यसरी सम्पन्न भएको कार्यक्रममा पुनर्गठित नयाँ कार्यसमितिहरुको नामावली यसप्रकार छन:
अध्यक्ष : सरदिप कुमार श्रेष्ठ
उपाध्यक्ष : पदम सुब्बा
सचिव : रोशन राई
शह-सचिव : रमेश न्यौपाने
कोषाध्यक्ष : दुर्गा आचार्य
सदस्यहरु :
कृष्ण बिक
दिपक खत्री
नारायण पौडेल
दिपेश राना
तेजेन्द्र बा ओली
तिलक गौतम ।

No comments:
Post a Comment