Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, October 13, 2015

आईफोनको नया मोडेलहरु कोरियामा लन्च हुदै

आईफोनको नया मोडेलहरु  कोरियामा लन्च  हुदै ,के छन् यसका बिषेसताहरु  साथै  कुन को मूल्य कति छ त ? 

किशन गौतम , सोल ,१३ अक्टोबर २०१५ 

चर्चित मोबाइल कम्पनी एप्पलले आफ्नो नया मोडेलको आइफोन ६ एस र ६ एस प्लस यहि अक्टोबर १६ तारिक देखि कोरियामा उपलब्द गराउने कुरा पुष्टि गरेको छ  स्टोरेज क्यापासिटी अनुसार ३ किसिमका मोडेलहरु उपलब्ध हुनेछन  र यसको मूल्य पनि मोडेल अनुसार फरक हुनेछ  घरेलु मूल्यबाहक कोरिया एप्पलले जानकारी गराएअनुसार उक्त आइफोन एस के टेलिकम ,के टि र एलजी यु प्लस देखि उपलब्ध्य हुनेछन  भने अक्टोबर २३ तारिख देखि स्थानीय  बजारबाटै उपलब्ध हुनेछ 
तीन किसिमका स्टोरेज क्यापासिटी रहेको  उक्त मोबाइल को मूल्य  सबै भन्दा सस्तोमाआइफोन  ६ एस  १६ जीबी को मूल्य नौ लाख बीस हजार वन  छ भने  आइफोन ६ एस प्लस ६४ जीबी र १२८ जीबी को क्रमस दसलाख छ हजार र दसलाख बीस हजार वन रहेसंगै प्रत्येकमा पुरानो मोडेल भन्दा एक लाख वोन मूल्य बढी रहेको कुरा  एप्पलले जानकारी गराएको छ 
चार  किसिमको रंगमा उपलब्ध हुने उक्त फोन  ठुलो स्क्रिन को रेट भने फरक छ जसअनुसार सबैभन्दा सस्तोमा  ६ एस १६ जीबी,  ४.७  इन्च स्क्रिन को मूल्य  दसलाख छ हजार वन  छ भने ६एस् प्लस  ६४ जीबी तथा १२८ जीबी ५.५ इन्च स्क्रिनको मूल्य क्रमसः दसलाख बीस हजार र दस लाख चौतिस हजार वन  रहेको छ 
यो मोडेल को आइफोनका अन्य बिषेसताहरुमा डाटा डाउनलोड गति  ७०-९० प्रतिशत छ भने शिघ्र  ग्राफिक संसाधन( procession) ,होम बटन मा छुट्टै खालको सेन्सर चिप्स भएको  तथा क्यामेरा ,लाइट आदिमा पनि धेरै सुधार रहेको बताइएको छ 
त्यस्तै कोरियाको सबैभन्दा ठुलो कम्पनी सामसंङ्ले  पनि आफ्नो तेस्रो चौमासिक नाफा उच्च हुने प्रक्षेपण गरेपछि  मोबाइलमा मूल्य घटाई सामसंङ् ग्यालेक्सी एस ६, ३२ जीबी र सामसंङ् ग्यालेक्सी एस ६ एज ६४ जिबी को मूल्य क्रमस सातलाख उनासी हजार र आठलाख अन्ठनब्ये  हजार सात सय वोन कायम  गरेको छ 

No comments:

Post a Comment